~अमृत सिङ थिङ~
सक्छौं भने छाडी जाउ धोका दिएर हेर
पञ्च अमृत हैन बिषलाई पिएर हेर
कति लाउछौ घुर्की अनि फुर्ती पनि उस्तै
आट भए म बिना नि येक्लै जिएर हेर
यसो छैन उसो छैन सधै सताउछौ
रटाईको चोट कस्तो पीडा लिएर हेर
नयाँ पोसाक (फेसन ) आयो भन्दै धाउछन बजार
कति देखाउछौ आदि शरिर सिएर हेर
पल्लो गाउँ तल्लो गाउँ चाहार्छौ कति दिन ?
चिनाएर हिड्छौ कति ? चिनीएर हेर
अमृत सिङ थिङ
हाल : मलेसिया
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )