कविता : असमानता तोड्नुपर्छ

~योगेन्द्र काउचा~

सडक
छेउछाउ डुली हिड्ने
भोक र प्यासले
गलीरहने
बालकलाई सोध्नुपर्छ
बेसहारा
मगन्तेलाई सोध्नुपर्छ
घरवारविहीन
अनाथहरूलाई सोध्नुपर्छ
भोक कस्तो हुन्छ ?
मायाँ कस्तो हुन्छ ?
परिवार कस्तो हुन्छ ?

कर्णालीका
झुप्रोभित्र रहने
ढुङ्गे युगका
रोगैरोगले गालिएका
विरामीलाई
अकालका लासलाई सोध्नुपर्छ
मानवियता कस्तो हुन्छ ?
औषधी कस्तो हुन्छ ?
जीवनको रहर कति हुन्छ ?

एकपेटका लागि
शरीर पुरै सुम्पिन बाध्य
चेलीहरूलाई
सुन्दर कल्पनामा
दलालका इसारामा
बम्बैका कोठीभित्र
छट्पटिएका ती
जिउँदा लासलाई सोध्नुपर्छ
स्वाभिमान कस्तो हुन्छ ?
मरेर बाँचेको पीडा कस्तो हुन्छ ?

मजदुर
होटलका भाडा मालिक
तोते बोलीका बालक
वेघरबार केटाकेटीहरू
कोट्याइकोट्याइ सोध्नुपर्छ
विद्यालय कस्तो हुन्छ ?
जिवनको लक्ष्य कस्तो हुनुपर्छ ?

वियोगमा
बेसरी तड्पिएका
हास्न खोज्ने बोल्न नसक्ने
बाँच्न खोज्ने पलपल मर्ने
ममता रोज्ने आफन्त नहुने
उपचार खोज्ने डाक्टर नभेट्ने
सबैसबै उठ्नुपर्छ
कसिलो हात जोड्नुपर्छ
असमानता तोड्नुपर्छ

–गुल्मी

(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक १४ – Feb. 08, 2012 – २०६८ माघ २५ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.