~अर्जुन दाहाल~
अनिँदो छ, उ ,
आज ,
हिजो जस्तै, सदा जस्तै ,
मात्र तिम्रो चिन्तनमा ,
फेरि पनि अस्तब्यस्त छ ,
सुर्यको मिर्मिरे किरण अगावै ।
उसले आज दुई पटक लुगा फेरेको छ ,
तिम्रो रोजाईको पहिरन लगाउन ,
आज उसलाई शंकट आइपरेको छ ,
ऐना तिर आँखा त कति हो कति ,
कपाल पनि चिटिक्क कोरेर ,
उ तयारी गरिरहेको छ ,
तिम्रो संग हुने भेटको ,
तिम्रो रोजाईको परफ्युम लगाएको छ ,
ओहो! तर कति धेरै ,
उ नुहाउन गएको छ ,
दोस्रोपटक ।
समय अगावै पुग्छ उ, भेट्ने पार्कमा
घडी पनि कत्ति ढिलो हिँडेको आज ,
उ बसिरहेको छ ,
मात्र तिम्रो प्रतीक्षामा ।
तिमि आँउछौ
सुमधुर मुस्कानको साथ,
उ टोलाइरहन्छ तिमिप्रती ,
र समीप आउँछौ तिमी ,
सुस्तरी सुस्तरी ,
अन्तर्मनको गहिराईबाट
मुक्त हुन खोज्छ उ ,
तर बिफल ,
स्तब्ध छ उसको धड्कन
सायद डरले ,
सायद उत्सुकताले ।
उ नितान्त ब्याख्या गर्छ ,
उसको प्रेम ,
समुद्र भन्दा गहिरो ,
सुर्य भन्दा चम्किलो ,
र तिमी जवाफ दिन्छौ ,
अर्थहिन ,
विषयहिन ,
निष्कर्शहिन ।
उ कुनै ज्योतिष होइन ,
सुनौलो भविष्यवाणी सुनाउन ।
उ कुनै कवि होइन ,
आकाशको जुन ल्याउन ,
उ कुनै दार्शनिक होइन ,
रहस्यमय जिवनको जटिलतालाई सरल गर्न ।
ब्यक्त गरो उसले
आफ्नो अभिव्यक्ति ,
शान्त तर गम्भीर ,
अवश्य लामो , तर निस्चल ,
प्रश्न गर्दैछ उ आज ,
आफ्नो धड्कनसंग ,
बिफल आशासंग ,
खोजिरहेको छ , उ उत्तर ,
तिमिले बुझ्न नसेको ,
उसको अब्यक्त प्रेमको ।।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )