~रुमानी राई~
भावनामा बिगरहेछु म बादल नठान मलाई
तिम्रै नाम जपिरहेछु म पागल नठान मलाई ।
अँध्याराेलाई कुल्चिएर जुनेलीमा जून झुलेकाे छ
मनकाे उजाड वगैंचामा सुन्दर फूल फुलेकाे छ
त्यही जून हेर्दै टाेलाउँदै त्यै फूल चुम्दै रमाउँदै
तिमीलाई सम्झिरहेछु म पागल नठान मलाई ।।
हृदयकाे पानाभरि तिम्रै तस्वीर सजाउनलाई
हाम्राे चाेखाे िपरतीकाे प्रीत अमर बनाउनलाई
क्यान्भासमा रंग भर्दै शब्द शब्द भाव रसाउँदै
तिम्रै गीत लेखिरहेछु म पागल नठान मलाई ।।।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)