~अनिल श्रेष्ठ~
हे बुद्ध, खोजिरहेको छु मैले यहां …… शान्ति, शान्ति
देऊ न हामीलाई यस धर्तीमा एकपल्ट फेरी …… शान्ति, शान्ति
करुणा, दया, मुदिता संगसंगै
हिमाल, पहाडदेखि तराईसम्म जगाईदेऊ न फेरी …… शान्ति, शान्ति
हे कृष्ण, यस दुनियांको कुरुक्षेत्रवाट
खोजीदेऊ न मलाई यहां …… शान्ति, शान्ति
महाभारतमा गीताको पाठ पढाई कर्मयोगाी वन्न सिकाउनेले यस दुनियांको
सम्पूर्ण जात, धर्म, भाषालाई मिलाएर फेरी एकपल्ट गरिदेऊ न यहां …… शान्ति, शान्ति
हे जिसस, आपूmलाई वलिदान गरी, सत्यको साक्षात्कार गर्नेले
देखाईदेऊ न मलाई यहां…… शान्ति, शान्ति
त्यागको अनुपम उदाहरण देखाइ, मृत्यू समेतलाई अंगाल्नेले
यस संसारको सम्पूर्ण संप्रदायलाइ एउटै मालामा उनेर
वनाईदेऊ न यहाँ फेरी …… शान्ति, शान्ति
हे अल्लाह, प्रेमको सन्देश दिएर, यो संसार व्युझाउन खोज्नेले
भेट्टाईदेऊ न मलाई यहां…… शान्ति, शान्ति
प्रत्येक प्राणीलाई मानवीय भावनावाट एक हुन सिकाएर माया वाड्नेल
यो विश्वको प्रत्येक कुना काप्चामा फैलाइ देउ न फेरी …… शान्ति, शान्ति
लगन दलाक्षी टोल, भुसुननी चोक
काठमाडौं, नेपाल