~अनुपम थामी~
नदी जस्तै अविरल सपनीमा आउछ्यौ तिमी
बिहानीको लाली जस्तै बिपनीमा छाउछ्यौ तिमी
थकाईले लखतरान भई भूईंमा ढल्नै लाग्दा
सान्त्वनाका अजम्बरी गीतहरु गाउछ्यौ तिमी
झकाउदै जांदाखेरी सार्है मुटु दुख्न लाग्दा
त्यही मुटुमा शितल मल्हमपट्टी लाउछ्यौ तिमी
परदेशीलाई छिट्टै घर फर्क भन्ने आह्वान गर्दै
मेरै बाटो कुरी संधै चोक गल्ली धाउछ्यौ तिमी
-कालिन्चोक गाउँ पालिका
लापिलाङ दोलखा ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )