~दीपक कुमार ज्ञवाली~
अति सुन्दर भावना बोकेर ।
नमन गर्छु देशका गहना भनेर
सहिदका पनि रुप अनेक ।
आफै लडि मर्ने पनि सहिद ।
थाप्यौ गोली फुकाई छाति ।
नमन गर्छु तिम्रो उत्सर्गलाई ।
हतियारमा रमाउनेहरुलाई ।
कसरी छुट्याउनु निशस्त्र र ।
शस्त्रमा शहिद भएकालाई ।
पुरा भएन शहिदका बिचार ।
भेदन गरे सहिदले निष्प्राण भएर
निरंकुश शासकको छाति ।
आहुति देश र जनता प्रति ।
प्राण ठुलो कि ठुलो स्वतन्त्र ।
स्वीकारेनन् दासताको शासन ।
डग्मगायो सामन्तिको शासन ।
भौतारीई को कसरी कहाँ हिडे ।
डगेन राष्ट्रभाव रह्यो अक्षुण ।
तिनैहुन सहिद भित्रका सहिद ।
सिञ्चित सहिदका रगतले देश ।
कल्पना विपरितको बन्यो समाज ।
फूलको गुच्छाले विषमिश्रित चुम्वन
यति साह्रै नगर सहिदको अपमान ।
बिकृतिका नायकहरुले नगर नमन ।
दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )