~सरोज घिमिरे ‘कर्कट काश्यप’~
मेची दुख्ता कोशी दुख्यो, रोयो काली पनि ।
बास बस्ने गुँड भत्क्यो, झर्यो डाली पनि ।।
पसिनाले भिजाएर लायौं खेतीपाती,
भाग्यले नै ठगेपछि, मर्यो बाली पनि ।
आशा त्यान्द्रो तन्काएर कुर्यौं अर्को वर्ष,
बेमौसमी पानी पर्यो, बग्यो आली पनि ।
हामीले त पेट कस्यौं, आकाशतिर फर्किएर,
बचेराले खाँदा खाँदै, रित्यो थाली पनि ।
आगो बल्यो पानीभित्रै, सकेन त्यो निभ्न आफैं
बगैंचाको फूलसँगै, डढ्यो माली पनि
झापा, हाल काठमाडौं