~प्रकाश सुनुवार ‘निराकार’~
अहंता कोचिएका टाउकाहरु
अरुबाट सम्मानित हुन मात्र चाहन्छन्
तर आफुले आफैलाई सम्मान गर्न सक्तैनन्
हरपल आप्mनो नजरवाट आफै गिरिरहेका हुन्छन्
अरुलाई सम्मान गर्न जान्न सके एस्तो हुंदैन्थ्यो
र, विचार यस्तो पालेको छ –
आफु माथि छुँ
वाँकि सवै तलका हुन् ।
कसैलाई तलका देखाएर
तल पारिकालाई दबाउन पर्छ भन्ने सोंचले
कोहि माथिका हुंदैनन्
कसैलाई दवाएर राख्न केहि समय सम्भव हुनसक्छ
तर त्यो निरन्तर अगाडी जान सक्तैन
दीर्घकालिन पनि हुन सक्तैन
र, सम्मानित पनि हुन्नन्
यदि त्यस्तो हुन्छ भने
समानताको विपरित हो त्यो ।
समानतालाई भत्काएर
आफुलाई उच्च वर्गको कहलिन खोजिंदा
टाउकाहरुको विचमा युद्ध लल्कारिन्छ
जुन युद्ध निश्चित पनि हुन्छ ।
तलका भनिएकाहरु सानासाना होइनन्
यिनीहरुले वर्ग छुट्टाउने पर्खाललाई भत्काउंछन्
पर्खाल नभत्किए सम्म
निरन्तर अगाडी बढिरहने छन्
पर्खाल भत्काउनेहरु
संयमता विराजमान टाउकाहरु हुन् ।
(७ अप्रिल २०१६, फार्नबोरो)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)