~नारायण पोखरेल~
अफिस को काम सकाएर शर्माजी स्कुटर स्टार्ट गर्दै थिए । उनलाई तब मात्र याद आयो श्रीमतिले एक दर्जन केरा लिएर आउन भनेकी थिईन् । उनले सडकको छेउमा ठुला र ताजा केरा बेच्दै गरेकी बिरामी जस्ती देखीने बुढी आमेलाई देखे । उनले त्यो फल सधै “रामस्वेत फ्रुट्स भण्डार” बाट खिरीद गर्थे । तर आज उनलाई लाग्यो ति बुढि आमैसँग बाट अलिकती केरा खरीदेर जानुपर्यो । उनले आमैलाई सोधे
” आमै केरा दर्जनको कति रुपैया मा दिनुहुन्छ ? “
आमैले भनिन् ” बाबु बिस् रुपैया दर्जन् ।”
शर्माजी ले भने ” आमै पन्ध्र रुपैया दिन्छु ।”
आमैले भनिन् ” अठार रुपैया दिनु , दुई पैसा मैले पनि कमाऊँला ।”
शर्माजी ले भने ” पन्ध्र रुपैया मा दिने हो भने भन्नु म खरीद्छु ।”
बुझकी अनुहार बनाएर आमैले गर्दैन बाटै टाउको हल्लाईन् । शर्माजी पनि केही नबोलि केरा लिएर त्यहाँबाट निक्लिए । र त्यहाँबाट उनी रामस्वेत फ्रुट्स भण्डार मा पुगे । त्यहाँ पुगेर केरा को भाउ सोधे ।
त्यहाँको साहुले ” पच्चीस रुपैया दर्जन् छ । कती दर्जन् दिउँ ? “
शर्माजी ले भने ” पाँच बर्ष भयो केरा तपाईसँग बाट नै लिईरहन्छु । ठिक भाउ लगाउनु न ।”
र साहुले नजिकै झुण्डिएको बोर्डमा पढ्न ईसारा गरे । बोर्डमा लेखीएको थियो
” मोल तौल गर्नेवाला सँग माफ पाउँ ।”
शर्माजी लाई त्यो व्यबहार धेरै नराम्रो लाग्यो । उनले के सोँचे स्कुटर आमै भएतिर फर्काए । सोँच्दै सोँच्दै उनी आमै नजिकै गए । आमैले उनलाई चिनिन् र भनिन्
” बाबु केरा दिउँ ? तर भाउ अठार भन्दा तल दिदैन नी अब ..”
शर्माजीले मुस्कुराउदै भने “आमै एक होईन दुई दर्जन दिनु र भाउको चिन्ता नलिनु । “
आमैको अनुहार खुशीले चम्किएको थियो । केरा दिदै आमै बोलिन्
” बाबु म सँग थैली छैन ..” र फेरी भनीन् ” एक समय थियो जब मेरो लोग्ने हुनुहुन्थ्यो त्यतिबेला हाम्रो सानो दोकान थियो । सब्जि फल सबै बिक्थ्यो त्यहाँ । लोग्ने बिरामी पर्दा दोकान् गयो त्यसपछी लोग्ने नै रहेनन् ।अहिले त आफुलाई खान पुर्याउन पनी राम्रोसँग कमाई हुदैन । यसैगरी पेट बल्लतल्ल धान्न सकेकी छु । छोरा छोरी पनि छैनन् जहाँ मद्दतको लागी आसाको ठाँउ देखुँ ..”
यति भन्दा भन्दै आमै रुन लागीन् । आशुले आँखा भरीयो र छचल्कीदै भुईमा नै खस्यो केही थोपाहरु । शर्माजी ले पचास रुपैया दिए आमैलाई ।
र आमैले भनिन् ” बाबु म सँग छुट्टा छैन ..”
शर्माजी ले भने ” आमै चिन्ता नलिनु , राख्नुहोस् , अब मैले तपाईसँग बाटै फल खरीद गर्छु । बिस्तारै चुकाउनुहोला । र यहाँ बेच्नको लागी जरुर बस्नुहोला । “
आमैले केही बोल्थीन् होला त्यो भन्दा पहिले शर्माजी त्यहाँबाट घरतीर निक्लीए ।
घर पुगेर उनले सबै कहानि श्रीमती लाई सुनाए । श्रीमती ले भनिन् ” हामीले सधै मुस्कीलले पेट पाल्ने आमैसँग किचकिच गरेर घाममा बाटोमा बसेर पसीना चुहाउदै बेच्ने आमैलाई बेवास्ता गरेर दोकान् गई तोकेको मोल अनुसार पैसा दिएर ल्याउछौँ । ” र फेरी भनिन् ” सायद हाम्रो मानसीकता बिग्रीएको छ । गुणबत्ताको स्थानमा हामीले नजर सम्म पनी लगाउन सक्दैनौ ।”
अर्को दिन शर्माजीले पाँच सयको नोट दिदै आमैलाई भने
” आमै फिर्ता गर्नु पर्दैन । मैले जुन फल खरीद्छु उस्को मुल्यमा नै कटाउनु । “
जब शर्माजी ले यो कुरो अफिस मा बताए त सबैले आमैसँग बाट नै फल खरीद गर्न सुरु गरे ।
तिन महिना पछी अफीसका स्टाफहरुले आमैलाई एक ठेला प्रदान गरे । आमै अब धेरै खुशी भईन् । उचीत खानपान को कारण आमैको स्वास्थ्य पनी पहिलेको भन्दा सुधार हुदै गयो । हर दिन शर्माजी र अफीस स्टाफलाई आशिर्वाद दिएर थाक्ने भईनन् । शर्माजीको मनमा पनि आफ्नो बदलीएको सोँच र एक असहाय र निर्बल (बल नभएको ) आमैलाई सहयोग गर्नाले सन्तुष्टी मिलीरहेको छ ।
– जिवनमा कोहि बेसाहाराको मद्दत गरेर हेर्नु आफ्नो पुरै जिन्दगीमा गरेको सबै कामहरु भन्दा धैरै सन्तुष्टी मिल्छ ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)
