~दीपक कुमार ज्ञवाली~
किन बल्दैन दीयो
चम्कोस् जगत्मा भन्दै
तेल हालेकै थियौं
धोखेवाज रहेछ धागो
सारा तेल सोशी लीयो
माटोको थिएन पाला
त्यसलाई के दोष दीऊँ
बत्ती कातेका थियौं
शुद्ध कपास भन्दै
होईन स्वदेशको उत्पादन
कपास आयातित थियो
तेल स्वदेशको होईन
त्यो विदेशी थियो
पाला नेपाली शिपको
बबुराको के दोष थियो
बिश्वाश भएन तेलकपासको
धोका हामीलाई भयो
हाम्रैपालामा बसी
त्यसैलाई दबाउँदै गयो
ज्ञात भयो अहिले
रहेछ तेल कपास एउटै
कहीले बल्ने दीयो
सधै अन्धकारमा बस्नु पर्यो
पुस्तौं पुस्ता ले
कस्तो झमेला ब्यहोर्न पर्यो ।
दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )