~रिता खड्का ‘त्रिलता’~
कठिन हुन्छ जिउन विचार नमिलेसी।
दुई आत्माले गर्ने व्यवहार नमिलेसी।
न यताको न उताको भइन्छ आखिरीमा।
सधैँ गर्ने त्यो घमण्डमा प्यार नमिलेसी।
बाँच्नु या मर्नु को, के अर्थ, भो र यहाँ।
धपक्क बल्ने प्रेमिलो संसार नमिलेसी।
केरिएको बन्धन घेरा एक चिम्टी सिंधुरमा।
टिक्न गाह्रो बिस्वासिलो आधार नमिलेसी।
गोरेटोमा दुई छौँ, हात नसमाए लडिन्छ।
समाउनु कसरी कुनै आभार नमिलेसी।
आफ्नो आफ्नो बाटो लागे खास होला।
यो मन सँग त्यो मन बारबार नमिलेसी।
भलायखर्क, लमजुङ्
हाल दक्षिण कोरिया
(स्रोत : सिर्जना मञ्च मकवानपुर)