कविता : वजन

~सोम खनाल~som-khanal

सब्ले भन्छन् मोटायिछस् बदन् तेरो बढेको छ
जोखी हेर्छु पहिले भन्दा वजन तर घटेको छ
कोहि भन्छन् दुब्लायिछस आँखा भित्र गढेको छ
जोखी हेर्छु पहिले भन्दा वजन तर बढेको छ ।

मोटाउदा चाही घट्दै जाने वजन मेरो अचम्मको
दुब्लाउदा चाही बढ्दै जाने वजन मेरो अचम्मको
बताइ दिये हुन्थ्यो केवल मैले बुझ्ने इसाराले
के ले बढ्छ वजन साथि, बोसोले कि बिचारले ?

जान्ने मन् कस्लाई हुन्न आफ्नू वजन कति होला
घटी बढी भाको छ कि पोहोर साल्कै जति होला
जोखीदिऊ कि भन्छु तर भित्र भित्रै डर लाग्छ
तल माथि रैछ भने मुख बार्न कर लाग्छ ।

तराजुमा आँखा राखी मानिसहरु हिड्छन् अरे
कस्को वजन कति किलो नजोखेरै चिन्छन अरे
बगरको ढुङ्गालाई बोकी दिने कोहि छैन
तौलने मन् छ नी साथि जोखिदिने कोहि छैन ।

ठाउँ कतै पाये देखिन् पोखिनु छ मैले पनि
तरजु नै भेटे देखिन् जोखिनु छ मैले पनि
बरु धेरै पोखियेर मन्को घडा रित्तिन्छ कि ?
हात हातै जोखियेर वजन कतै सिद्धिन्छ कि ?

जे जे होला एकै पल्ट काटा माथि बस्नु पर्ला
मोटो शरीर लुकाउन पटुकीले कस्नु पर्ला
जसो तसो वजन मात्रै बढाउन सकिन्थ्यो की ?
तराजुलाई यसो नैबेध् चढाउन सकिन्थ्यो की ?

December 27, 2010

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.