~राम श्रेष्ठ~
बाग्मतीको किनार मा,
सानो ए उटा ढुङ्गा छ,
त्यो ढुङ्गा को अलिक् पर,
फूल को ए उटा थुङ्गा छ,
सिढी चढ्दै गए म,
फूल् को थुङ्गा टिपेर,
बाहुन् बाजे बसेको रहेछ,
गाइ को गोबर् ले लिपेर,
प्रणाम गरे धोक म पुगी,
शिर् मैले झुकाइ,
शान्त मन् ले दर्शन गरे,
मन को मैलो लुकाइ,
वरि परि घन्टी को टन टन,
पारि तिर रैछ बादर् को नाच,
तिज को मेला लगेको रहेछ,
लौ है कान्छी कम्मर भाच,
भर्खर भर्खर घरजम भाको,
पशुपति नाथ् को दर्शन गर्न गाको,
मैले नि भने जय शम्भो,
भाङ र धतुरो अलि कम भो
13 May 2008
(स्रोत : रचनाकारको ब्लगबाट सभार)