~छविलाल कोपिला~
नदिनु है बाबा–आमा गाली हामीलाई ।
बरु दिनु राम्रो काममा ताली हामीलाई ।
कलिला यी हात हाम्रा कलम समाउने,
तर दिन्छौ धुन जुठो थाली हामीलाई ।
पढ्न–लेख्न दिनु पर्छ हामी सबैलाई,
छेक्नु हुन्न पिंजडामा हाली हामीलाई ।
मन दुख्छ हाम्रो पनि गल्ति गरे अरु,
तर पनि दुःख दिन्छौ खाली हामीलाई ।
गर्छौं हामी मिलिजुली घरको सबै काम,
स्कूल जान देऊ यस पाली हामीलाई ।
४+४+२+४=१४
साभार : कैले फुल्छ ऊ (बाल–गजल संग्रह–२०६३)
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)