~विश्वराज अधिकारी~
शान्ति नै शान्ति छाएको एउटा सानो घर थियो
त्यसमा बस्ने जति सबैको नेपाली मात्र एउटा थर थियो
अलिकति भोक थियो अलिकति प्यास थियो
आफ्नै पाखुरीले अन्न पानी जुटाउने तर अटुट एउटा विश्वाश थियो
कहिले घाम थियो कहिले छाया थियो
एक आपसमा तर अपार माया थियो
हिमालको जलले सिंचिएको तराईको फांट थियो
नेपाल भकारी अन्नले भर्ने तराईको आंट थियो
न त कलहको बिउ थियो न त अविश्वाशको खेति थियो
एउटाको दुख:मा अर्को रुने अचम्मको थिति थियो
आफ्न्तलाई बैरी ठान्ने न त बौलाएको विश्वास थियो
हिमाल पहाड तराई भरि अनुराग नै अनुराग थियो
न त तरवार न खुकुरी बन्दुक न त बारुद गोली थियो
मधुपर्क भरिएको यसको उसको सबैको बोली थियो
फैलिएको न त यस्तो घात प्रतिघात थियो
न त जीवन बनेको कुनै ठूलो अभिषाप थियो
जिवनमाथि सबैको माया आशा भरोसा र बलियो विश्वाश थियो
अपरहण हत्या आत्महत्याको न त फैलिएको यस्तो त्रास थियो
भत्किन आंटेको त्यो घरमा निस्साएकाहरुको तर चलिरहेको सांस थियो
अढाइ करोड हातहरु त्यो घर जोगाउन जुरमुराउन त्यो कविको आश थियो
***
br2063_adhikari@yahoo.com
(स्रोत : प्रतीक दैनिक पत्रिका)