कविता : कविताको सन्दर्भमा

~सुको साइबर~

मेरो आँखाको कुकुर
रातभरि भुकिरहन्छ

कविताको नोकर हुँ ।

अन्धो सहरको
अँध्यारो रातमा
ढुङ्गाको श्वास फेरेर
मान्छेहरू
हावा कुल्चिँदै हिँडिरहेछन्
यहाँ
कविताको सूर्य
उदाउनु-अस्ताउनुको
कुनै अर्थ छैन ।

sukocyber@hotmail.com

– निजगढ (बारा), ७
2007-09-15

(कवि सुको साइबर – सुको अर्थात् सुदिप कोइराला)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.