कथा : आत्माहत्या गरेको लास

~हरी भुसाल ‘स्याटलाइट’~Hari Bhusal 'satellite'

उसले hanger बाट झिकेर एउटा सर्ट लगायो ! कुनै समयमा उसको दाइले दियको सर्ट थियो ! नाडिमा टाँक लगाउदै उसले जिन्सको zeeper बन्द गर्यो ! मनमनै सोँच्यो Pee गरेर जाँउ कि भनेर तर भैगो उहिँ अस्पताल पुगेर गरौँला भन्ने सोँचेर झर्यो तल !काठमाडौँमा पेट्रोलको हाहाकार थियो ! केहि दिन त रिजर्वमै चलायो तर जब गन्धले पनि बाइक चल्न छाडेयो केहि बिकल्प थियन उसँग ! डबल Stand मा घरमा बाइक पार्क गरेको पनि आज तेस्रो दिन भैसकेको थियो ! wallate हेर्यो ! एउटा पाँचसयको नोट देखेपछि ल ट्याक्सिमा जाँदा हुने रहेछ भनेर अशोकहलको गल्लिबाट ट्याक्सिमा चढेओ ऊ !

“टिचिङ हस्पिटलसम्म जाँउ सर”

ट्याक्सि ड्राइभर अलिक बुढोबुढो थियो क्यारे ! झस्कियो “सर’ भन्ने शब्द उसकोलागि प्रयोग भयकोमा !यस्तै सर भन्ने ठिटाहरुले अलि पर पुगेपछि आफुसँग भयको सबै रित्तो पारेर लुटेका घटना पढेको-सुनेर या हुनसक्छ देखेरै पनि होला ! एकपल्ट उसको मुखमा सर्रर आँखा दौडायो ! अब अलि बिश्वस्त भयको हुनुपर्छ ट्याक्सि ड्राइभर ! एकमा नलगि सिधै दुइ गियरमा मोटर हुँइक्यायो !

आ.. मैले त्यो ठिटाको नाम भन्नै बिर्सेछु ! उसको नाम दिपक हो क्या रे ! तर मलाइ उसको अन्तिम नामचाहिँ थाहा भयन जे सुकै जे सुकै नै किन नहोस,कमसेकम मैले आफुलाइ यो last name को business गर्दै हिँडनेकाममा ब्यस्त कहिले पारेको थियन ! सबैले मानेका बुद्दिजिवि या भद्र भन्नेहरुसँग मलाइ मित्रता गर्न अलि कताकता अप्ठ्यारो लागेर आँउथ्यो !बरु अरुले अभद्र र आवारा मानेकाहरुसँग ठुलो ठुलो स्वरमा उफ्रियर कुरा गर्नुमै आफ्नो संसार सिमित पारेको थियँ !

कलेजमा सबैका आ-आफ्ना ग्याङहरु हुन्छन ! भन्नाले आफुजस्तै मिल्ने साथिहरुको समुह !स्कुलमा छँदा मलाइ लाग्थ्यो साथिहरुलाइ चुरोट पिउँदा साथ नदिनु भनेको १००८ वटा गाइ मार्नु बराबरको पापकर्म हो जस्तो लाग्थ्यो ! बरु कहिलेकाहिँ एउटा भोजे भन्ने ठिटो..जुन मेरोलागि साथि कम कुनै केटो बढि थियो ! उसले कहिलेकाहिँ चुरोटको सुर्ति फालेर गाँजा हालेर दिने stick तान्दाचाँहि अलि झ्याउ लागेर आँउथ्यो !तैपनि म टाउको दुखेको छ भन्ने पारेर एक दुइ सर्को तानेर टाप हुन्थेँ ! समस्या के हुन्थ्यो भने,घरमा पुगेपछिपनि त्यो गाँजाको गन्धले छोडदैनथ्यो ! बाबाले थाहा पाउनु भयो भने मैले सबैकुराबाट राजिनामा दियर www.sadhu.com खोलेर बसेहुन्छ भन्ने कुरामा म बिश्वस्त थियँ ! अनि अलि साधु बनिहाल्ने समयपनि भयको थियन ! कम्तिमा मेरो सोँचमा ! अनि घरमा पुगेपछि पहिलो काम सरासर बाथरुममा पसेर नुहाउनु हुन्थ्यो ! आमा कहिलेकाहिँ छक्क पर्नुहुन्थ्यो यो जाडोमापनि कति दुइ-दुइपटक नुहाउनपरेको भनेर ! अब गर्ने के….आमा आज गाँजा तानेर आयको अझै गन्ध गयन त्यहिभयर नुहायको भन्न नि अलि नमिल्ने अनि मुसुक्क हाँसेर चुपचाप बाथरुम पस्यो..तातोपानिले जिउ भिजायपछिको कुरै बेग्लै छ !

आ…म त्यो दिपकको बारेमा कुरा गर्दै थियँ !त्यसँग काठमाडौमा मात्र भेट भयको थियो ! सिनेमा सम्बन्धि काम गर्दा ! त्यो कतै कुन जिल्लामा पर्ने हो कुन्नि हेलम्बु भन्ने ठाँउबाट आयको रहेछ काठमाडौ !अलि रिजर्भजस्तो मान्छे थियो ! म क्लापबोर्डमा मार्कर पेनले लेखेका सिन,शट नंबरहरु हत्केलाले मेटिरहँदा त्यो चिया ल्याउन भन्दै कुनै स्पटब्यायको नाम लिन्थ्यो ! अपशब्द चाहि उसले प्रयोग गरेको मैले सुनिन नत्र एउटा स्पटब्वायलाइ चिया ल्याउन अराउने तरिका प्रायश यस्तो हुने गर्थ्यो – हे ….”भातेकान्छा चिया ल्या त येता तेरो अंकलहरुलाइ !” ! अझ कुनै कुनै नायकहरुले बडो प्रेमले उनिहरुलाइ ” मर्न नसकेको सानुकान्छा केहि खानेकुरा ल्याउ बा” भन्थे ! अनि स्पटब्वायहरु पर्दामा देखिने नायकहरुको पर्दापछाडि सेवा गरिरहन्थे ! निर्देशकहरु स्पटब्वायलाइ बाबु-आमा सहितको गालिले मात्र बोलायर आफ्नो बिशेष निर्देशकिय क्षमता प्रर्दशन गरिरहन्थे र परिणाम के हुन जान्थ्यो भने…for an example कुनै दिन निर्देशकलाइ आफ्नो बिशेष निर्देशकिय कला देखाउने मन छैन र स्पट ब्वायहरुलाइ राम्रो मुखले बोलाइरहेको छ भने उनिहरु उपयुक्त गालिको अभावमा छटपटिरहन्थे र गल्ति गरिरहन्थे ! निर्माताको भाइ-भतिजा र निर्देशकको संयुक्त गालि एकमुष्ठ सुनेपछि असिम सन्तुष्टिका साथ काममा जुटिरहन्थे र चियापनि अलि मिठो बनाउँथे !

यस्तो गालिको उर्वर समयमापनि दिपक स्क्रिप्टका केहि पाना समात्दै आफ्नो मसिनो स्वरमा बोलाउथ्यो ” चन्द्र भाइ चिया ल्याउ त येता दुइ कप” अनि स्पटब्वाइले बिनागालिको यो नरम अनुरोधलाइ खासै महत्त्व दिदैनथ्यो ! धेरैबेरपछि ” सर चिया” भन्दै अघिल्तिर देखा पर्दथ्यो !
____________________________________________

मैले sucide गर्ने प्रयास गरेको रहेछु !मलाइ अस्पताल पुर्याइयको रहेछ ! sucide गर्दा मैले कुनै जटिल बाटो रोजेको रहेनछु !खालि सातवटा निद्रा लाग्ने गोलिहरु कोकमा मिसायर पियर पल्टेको रहेछु ! जे हुनुथियो त्यहि भयो ! मुखबाट फिँज निस्किनथालेपछि चारैतिर अँध्यारो देखिन थाल्यो भने भित्रका पार्टपुर्जाहरु प्रर्तिष्प्रर्धा गर्दै फुटेको महशुस हुन थालेको थियो ! पहिला मुटु अनि फोक्सो अनि नशाहरु !मेरो मोवाइल मैले मर्ने बेलामा बन्द गरेको थियँ संयोगबश घरबाट कसैको फोन आयको हुनुपर्छ ! हुनसक्छ आमाले गर्नुभयको नै किन नहोस !” तपाइले सम्पर्क गर्न खोज्नुभयको मोवाइलको स्विच अफ गरियको छ ” भन्ने NTC को अन्टिको आवाज सुनेपछि हुनुपर्छ ! घरवालाकोमा फोन गर्नुभयको हुनसक्छ-घरवालाले मेरो ढोकामा टक-टक गरेको हुनसक्छन सायद आफ्नो सानो मायालाग्दो छोरि दिपालाइ पठायहोलान मलाइ बोलाउन !गलत अर्थ नलागोस यहाँनिर- दिपाको उमेर केवल नौ बर्षको हाराहारिमा होला !घरवाला ठिकै थिय त्यसैले मैले मरेपछि उनलाइ ढोका तोड्न लगायर घाटामा पार्न चाहन्नथेँ ! सोँचे- मर्नु नै त छ ,के नै गल्ति गरिदै छ र ? अलिकति ढोका धकेले तर चुकुल लगायको थियन !

म भन्न सक्दिन मेरो अर्ध-मृत शरिर कसले फेला पारेको थियो भनेर ! तर म अस्पताल पुर्याइयको थियँ ! अलिकति ढिला भैसकेको थियो !जहाजमा घरका सदस्यहरु एयरपोर्टसम्म आइपुगेको थाहा पायको थियँ …ICU मा मेरो छेउमा बसेका घरवालाको मधुरो तर अस्पष्ट आवाजमा ! हुनसक्छ जसले जन्म दियको थियो…उहाँहरु आउनु भयको होस ! म अलि पर पुगिसकेको थियँ !

असमयमा मरिरहेको मैले कुन आँखाले आमालाइ हेर्न सक्छु होला र ? आशाको दियो बन्नुपर्ने मान्छेले जिवनभरिको आँशु दिँदैछु भन्ने थाहा हुँदा हुँदै म अब आमा-बाबाका आँखामा कसरि हेर्न सक्छु ? म आफ्नै स्वार्थले मरिरहेको थियँ ! कसैसँग गुनासो थियन न त बाँच्ने उत्साह नै !

आफुले रोजेको मृतुमा म आफैले आनन्द मानिरहेको थियँ ! भित्रका पार्ट-पुर्जाहरु पिस-पिसमा टुक्रिरहेका थिय अथाह पिडा दिँदै ! यो अन्तिम समयमा म एकपल्ट फेरि एउटा कल गर्न चाहन्थेँ !

थाहा छैन किन ?
_____________________________________________________

दिपक टिचिङ हस्पिटलको छेउमा पुग्यो !
” काठमाडौको ट्राफिक जामको पनि कुरा गरि साध्य छैन बाबु ” बुढो ड्राइभरले कपाल कन्याउदै ” Riverse mirror” मा उतिर हेर्दै भन्यो !दिपकले टिचिङ जानेतिर नेपाल यातायातका बसहरुले गरिरहेको जाम देख्यो !

“यहिँ साइड लगाउनुस सर” दिपकले ड्राइभरको कुम मा छुँदै भन्यो !

बुढो ड्राइभर यतिबेला अलि सतर्क भयो ” सर” को सम्बोधन सुनेर ! सायद उसलाइ ‘ गुरुजि’को पद दिइयको भय अलि सजिलो महशुस गर्दो हो !दिपकले कुनै समयमा ध्रुवचन्द्र गौतमको “दुबिधा” उपन्यास पढेको थियो, त्यसैको मुख्य पात्र अमरराज जस्तो लाग्यो त्यो ड्राइभर उसलाइ ! जताततैबाट एक्लो तर रक्सि धेरै पिउने जँड्याहा !

मिटरमा 138 रुपैयाँ उठेको रहेछ ! उसले पाँच सयको नोठ दियो ! ड्राइभरले “ओहो येत्रो नोठ…कसरि साट्ने” भन्ने भाव मुहारभरि छर्यो तर केहि नबोलि ड्यासबोर्डबाट सय पचासका नोठ निकालेर तिनसय पचास फर्कायो ! बाँकि पैस फर्काउन स्विटरको भित्रि गोजितिर हात हाल्दै थियो दिपक केहि नबोलि बाहिर निस्कियो ! ड्राइभरको मुहारमा केहि धन्यवाद भन्न खोजेजस्तो भाव देखियो !

पारि जाने बाटोको ट्राफिक slow नै थियो ! दिपकले दुइटा बसको बिचबा बाटो काट्नै थालेको थियो ! कतैबाट हावासरि आयको मोटरसाइकलले पचास हात पर हुत्ताइदियो उसलाइ ! अप्रत्याशितरुपमा आयको मोटरसाइकलमा ठोक्क्यिर दिपकको टाउको केहि परको नेपाल यातायात को बसको पाङ्ग्राको रिङमा ठोक्किन पुगेको थियो ! रातो रगतले हिलो लागेको बसको टायर रङ्गियो ! उसको एउटा जुत्ता बाइककै टायरमै छुतेको थियो !

बुढो ट्याक्सि ड्राइभर हिँड्नै लागेको हुँदो हो..देख्यो ! अचानक त्यो जाडोमा उसको मुहारभरि पसिना देखियो ! पेटिमाथि ट्याक्सि अडायर उ दिपकनिर पुग्यो ! मान्छेहरु रमिता एर्न जम्मा भैसकेका थिय तर अझै उपचारतिर लागेका थियनन !

सबैका मुखतिर उसले घृणाले हेर्यो अनि दिपकको रक्त्याम्मे शरिर बोक्न थालेकै बेला एउटा नव युवक देखापर्यो सिनमा र खुट्टापट्टि समाउन थाल्यो दिपकको ! दुइजनाले बोकेर हस्पिटल प्राङ्गणमा पुर्यायपछि हालाहुल गर्दै उसलाइ ICU मा लगियको थियो !

बुढो अमरराज पात्रले उसलाइ पल्लो साइडमा उतारिदियकोमा आफुलाइ दोषि मानिरहेको थियो ! दिपकलाइ ठक्कर दिने मोटरसाइकल या उसको चालक कहाँ थिय त्यो कुरा सायद इश्वरलाइ नै थाहा होला ! उ बतासको बेग झैँ आयको थियो दृष्यमा अनि संबेदनाशुन्य मानवझैँ बेपत्ता भयको थियो !
_____________________________________________________

सायद मेरा यि अन्तिम सासहरु हुन सक्छन ! उपचारमा खटिरहेका डक्टरहरु हताश देखियका थिय ! राम्रा नर्सहरुको मुहारबाटपनि कान्ति हरायको थियो भने अर्कोतिर मैले किन आत्महत्या गरेँ भन्ने प्रश्न सबैका लागि एउटा उत्तर नभेटिने प्रश्न बन्ने सम्भावना उत्तिकै थियो ! किनकि त्यससम्बन्धि कुनै कागजातहरु या केहि दस्तावेजहरु छाडियका थियनन !यो आफुले रोजेको मृत्यु थियो तसर्थ कुनै जटिलता थियन तर बाँच्नेहरु त यसको उत्तर खोजिरहनेछन नि !कसैले यसलाइ असफलताहरुको कारण जन्मियको नैराश्यताको result भन्लान भने कोहि यसलाइ असफल प्रेमको परिणाम ठानेर आफ्नो बौद्दिकताप्रति प्रसन्न होलान ! अझ यहाँनिर कथाले यस्तो मोडपनि लिन सक्छ ,सबैले एउटा पात्रको मृत्युलाइ आफ्नो सुबिधाअनुसार ब्याख्या गर्न सक्छन ! मलाइ केफरक पर्छ र यि कुराहरुए, जुन म मरिसकेपछिको कुरा हो ! मलाइ त यो अन्तिम अवस्थामा इश्वरले भन म भनुँ मान्छेहरुलाइ भनि सोधेमा एउतै कुरा भन्थे होला- ” भन्दिनु म मेरि आमालाइ धेरै आदर र माया गर्छु अनि मेरि प्रेमिकालाइ अथाह प्रेम गर्छु भन्देउ” ! तर कहाँ छ इश्वर ? अहिलेसम्म नजिक आयको छैन !

बिषको प्रभावले मेरा कानहरु अनि दाहिने आँखाबाट लगातार रगत बगिरहेको थियो ! डक्टरहरु असफल हुँदै गैरहेका थिय !यत्तिकैमा दीपकको रक्त्याम्य शरिरको ICU मा प्रवेषपछि यहाँको सिन अर्कै बन्न गयको थियो ! मलाइ हेरिरहेको मध्ये हेड डक्टर दिपकको गम्भिर अवस्था हेर्न उतातिर गयको थियो भने भर्खरका कलिला नर्सहरु दिपकको फुटेको निधार देखेर त्रसित मुद्रामा थिय !

मेरो देखि उतापट्टिको बेडमा दिपकलाइ राखियको थियो ! उ अचेत थियो …म डुब्नथालिसकेको थियँ तर दिपक हो भन्ने मलाइ थाहा भैसकेको थियो !

उ मलाइ अन्तिम भेट गर्न आयको थियो हस्पिटलमा तर अहिले उ आफै अन्त्य हुने तरखरमा थियो !
कहिले हो म एकदम सम्झिन सक्दिन तर कुनै दिन चोभारमा हामि साँझ सुर्यास्तपछि बीयर पिइरहेका थियौँ , एक्छिन बियर पियपछि..अलिकति जिन पिउन थालियो ! म प्याजका टुक्राहरुसँग
निट केहि प्याग पिइरहेको थियँ ! अनि प्राय नबोल्ने दिपक त्यो साँझ रक्सिले निकै बोलेको थियो ! अचानक उ नजिक आयो अनि मसँग हात मिलायको थियो !नि चुम्यो ! म हाँसे ” wht a gay style ” भन्ने सोँचेर ! तर अचानक उसले भनेको थियो- ” हामि साथि हो नि हैन र ! साथिको लागि ज्यान दिनसक्ने !तँलाइ केहि पर्यो भने मलाइ भन्नु..म जहाँ भयपनि आउनेछु, तँलाइ बचाउनेछु तर एक्लै छोड्नेछैन !”

रक्सिको तालमा मित्रले ठोक्यो भन्ने सोँचेर म एउटा निश्फिक्रि हाँसो हासेको थिँय तर उ हाँसेको थियन !

उ अचानक केहि चलमलायो….डक्टरहरु उसको bleeding रोक्न प्रयासरत थिय केहि सतर्क भय ! दिपकको टाउको मतिर फर्काइयको थियो..उ मतिर हेरेर एक्पल्ट मुसुक्क हाँस्यो, एउटा छोटो हाँसो ! मैले गाला चलाउने प्रयत्न गरेँ तर उ घोप्टियो…कहिले न-उठ्ने गरि !

हेड डक्टरले एक्पल्ट उसको नाडि छामेर घोषणा गर्यो ” he is dead”.

मेरो अवस्था चरममा पुगेको थियो ! अचानक मुखबाट रगत बग्यो…मलाइ लाग्यो मेरो मुटु मेरै मुखबाट बाहिरिँदै छ !
मैले डक्टरले मेरो नाडि छामेर ” he is dead” भनेको सुनिन ! सायद त्यो मेरो मृत्युपछिको कुरा हुनसक्छ !
अचानक केहि हतारियका अनि आत्तियका पाइलाहरु ICU Room मा प्रवेष भय ! आमाले मलाइ हुनसक्छ परैबाट चिन्नुभयको…एउटा रुवाइ कोठाभरि छरियो ! मैले चिनेको आवाज थियो त्यो,मेरै आमाको ! बाबाको आँखाभरि आँशु टम्म थिय तर नि-शब्द ! सायद मेरो yello body देखेर सबैले आशा मारिसक्नुभयको हुनसक्छ !

आमाले मेरो टाउको आफ्नो काखमा राख्नुभयो !आँशुहरु मेरो face मा झरेको म महशुस गर्न नसक्ने भैसकेको थियँ !

” बाबु यो के गरेको तिमिले ?” आमाले रुँदै सोध्नुभयो !

तर मसँग दिनलाइ न त आवाज नै थियो न त उत्तर नै थियो !

दुइपल्टको लामो सासपछि मेरा अरु सासहरु चलेनन !एउटा सानो झट्कापछि मेरो देह लाशमा परिवर्तन भैसकेको थियो !

*********************** The End****************

(नोट: कथा 151 % काल्पनिक हो र यसको उद्देश्य केवल मनोरञ्जनसँगमात्र सम्बन्धित छ )

01-14-08
SateLite, काठमाण्डौ
satelite1983@gmail.com

(स्रोत : Sajha.com )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.