~दिनेश अधिकारी~
जिन्दगी यो यस्तै छ
किस्ताबन्दी साहुको रिन तिरेजस्तै छ
उसको चित्त दुख्ला भन्यो
आफ्नो इच्छा मार्दै गयो
उसको निम्ति बाटो छोड्यो
आफू पछि पर्दै गयो
जहिले पनि आफूलाई
अचानोमा राखेजस्तै छ
आज भन्यो भोलि भन्यो
पर्सी बेला अर्कै हुन्छ
मेरो पालो आयो भन्दा
छिर्ने ढोका बन्द हुन्छ
जहिलेसुकै आफूलाई जगेडामा
राखेजस्तै छ, जिन्दगी यो यस्तै छ।
– काठमाडौं, नेपाल