गजल : पिडाहरू लुकाइन्छ

~रामशरण श्रेष्ठ~

हासेर दुख पिडाहरू लुकाइन्छ।
यस्तै जीन्दगी चित्त बुझाइन्छ।।

परदेशको बसाइ भन्नु यस्तै रैछ
बेदनाहरू पोख्न आखा रसाइन्छ।

जल्दैछन रहरहरू,,मर्दैछन सपना
दामी छ यार भनी गफ लगाइन्छ ।।

दिन काटन गार्हो पराइ भुमीमा
बाध्यता छ यस्तै मन बहलाइन्छ ।।

घरको हाल सम्झी, चाहनालाइ मार्दै
पिडाहरू भुल्न सोम रस खाइन्छ ।।

फर्कनेदिन गन्दै ,यादै, यादमा तडपि
जसो तसो फाटेको, मन सम्झाइन्छ।।

(स्रोत : एबिसिखबर डट कम)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.