~नवराज पोखरेल ‘पाखेली’~
केटा: तिमीले कैदी बनायौ मलाइ तिम्रो मायामा कैदी बनायौ
केटि: तिमीले बन्दि बनायौ मलाइ तिम्रो मायामा बन्दि बनायौ
केटा: नलाग्छ भोक नलाग्छ निन्द्रा भा’को छु बेचैन
केटि: खटपटी हुन्छ यादले सताउछ के भा’को भनन
केटा: मायाको खेलमा परेनी झेलमा सुस्तरी सुस्तरी
केटि: छोएर जान्छौ सताई रन्छौ किन हो यस्तरी
केटा: तिमीले छुरा चलायौ मलाइ तिम्रो मायाको छुरा चलायौ
केटि: तिमीले जेलमा पठायौ मलाइ तिम्रो मायाको जेलमा पठायौ
केटा: म देख्छु सपना सुटुक्क तिमि निद चोर्न आएको
केटि: फकाउछौ घरि सताउछौ घरि के यस्तो भएको
केटा: फकाउछु तिमीलाई सताउछु तिमीलाई राखेर साथमा
केटि: आउनुहै लिन हे मनको राजा जुनेली रातमा
केटा: तिमीले मनमा सजायौ मलाइ मायाको मनमा सजायौ
केटि: तिमीले रास रचायौ मलाइ मायाको रास रचायौ
(स्रोत : रचनाकारको ब्लगबाट सभार)