कविता : पित्कासन

~शरद पाैडेल~

अटेन्छेन (एटन्सन)
ठन्डेईच (स्ट्यान्ड इजी)
एक कदम अागे
मारकस तरफ ।
दाे कदम अागे
साेसलिष्ट तरफ ।
बट, नाे काेइसन्स ।

अाधा घुम्
लेनिन तरफ ।
अाै पूरा घुम्
ख्रुस्चेव तरफ ।
एक हात अागे
माअाे तरफ ।
दुवै हात अागे
डेङ पेङ तरफ ।
बट, नाे काेइसन्स ।

देब्रे घुम
उत्पीडित तरफ ।
दाहिने घुम्
दरवार तरफ ।
अाधा घुम
गाऊँ तरफ ।
पुरै घुम्
शहर तरफ ।
बट, प्लिज नाे काेईसन्स ।

कुखुरा बन्
बाख्राे बन् ।
हाथी बन्
घाेडा बन् ।
नाे नाे.., नाे एनि काेइसन्स ।

मैदानमा
लामबद्ध छन्
लाल सिपाहीहरू,
अग्रभागमा
अादेश पस्किरहेछ सर्वाेच्च ।

टिम बस्ला
टिम उठ्ला ।
टिम हिंडला
टिम रूक्ला ।
खुटटा अकासमा
अाै मन्टाेले टेक्ला ।
बट, नाे काेइसन्स ।

टिम फेरि हिंड्ला ।
हिजाे हिंडेकाे गाेरेटाे
बायाँ पार्दै,
दाहिने तिर हिंड्ला
हिंडिरहला ।

कमरेड्स !
माेड्दै देब्रे हिडेकाे पाईतालाे
दाहिने फर्काऊनु छ हामीले
याे संक्रमणकाे समय हाे ।
साे ईन्ज्वाइ प्लिज
एण्ड रन एहेड,
बट् नाे…, नाे नाे माेर काेईसन्स ।

अटेनछेन…
ठन्डेईच…।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.