कविता : फेरि आज याद आयो

~आशिष पौडेल~

एकान्तमा बसेको वेला
आफै आफैमा भुलेको वेला
फेरि आज याद आयो
मलाई मेरो देश नेपालको याद आयो ।।

भाग्यको खेलले गर्दा आज विदेशित पुगे
कर्मको संयोगले गर्दा विदेशी बन्न पुगे ।
तर आज फेरि देशको माया मनमा छायो
फेरि आज मलाई मेरो देश नेपालको याद आयो ।।

किन कसरी म भन्न सक्दिन
स्वार्थी र निस्ठुरी म बन्न सक्दिन ।
आज किन मलाई देशको माया लायो
आज फेरि मलाई मेरो देशको याद आयो ।।

यो माया यो प्रेम केवल क्षणभरको
विर्सन खोजेर विर्सन सकिदैन ।
आज फेरि मलाई न्यास्रोले कुटुकुटु खायो
फेरि आज मलाई मेरो देशको याद आयो ।।

सोचेको थिए विर्सन्छु होला
आफन्तहरूको यादलाई भुलाउँछु होला ।
तर आज मेरो सोचमा परिवर्तन आयो
आज फेरि मलाई मेरो देश नेपालको याद आयो ।।

– आशिष पौडेल, वीरगंज पब्लिक कलेज., वीरगंज, मुर्ली (पर्सा)

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.