कथा: पति, प्रोभाइर, प्रेम र हाम्रो दाईं

~शिवकुमार चौलागाई~

निकै ठुला मान्छे नै हुन, ठुला हुनकी साना जे भएनी चिनजानका दाइ हुन हाम्रै टोलका । ज़मानामा टोले दादा दिउसै काण्ड मचाउथे रे म सानै थिए पछी ठुलो भए पछी बुझे काण्डको अर्थ कस्तो लाज लाज लागो साथमा त्यो इरोटिक फेन्टसीमा एकछिन हराएको पनी थिए । सेक्सी र सेक्सबाटको बचेको छ रामदेव बाहेक उनकै शब्दमा।

हो तिनै दाजु एक ज़नानामा गाइको झन्डा बोकी डण्डाको खुब धम्की पनी दिन्थे । म ठुलो भइ सक्या थिए मलाइ बाल…… ए दाइ अब तिमी सुड्डो भयौ भन्दिन्थे रनक्क रन्केर तोङबा तान्दै बड़ता नबोल टोलको भाइ होस त, के खान्छस भन्त भनेर सिक्केमेली आन्टीकोमा किन्देको निगार हिजो जस्तो लाग्छ, समय पनि के छिटो बगेको हँ… ।

कती कड़ा थियो त्यो निर्दोष निगार एक बतलमा झ्याप बनाउने २०४५ को कुरा हो यो । पिए पछी पिलाउने संग नै झगड़ा गराउथ्यो त्यो निगार बिमारी नै हो यो पछी बुझीयो।

यस्तै उस्तै चल्थ्यो शहर बजारमा जंहा म हुर्किये बड़े लड़े रतुवाको पुल मुनी खोप्पी र पशुपती मन्दिर छेउको ऑपको रुखमा रुमडुम खेले अहिले रुख़ छैन केवल स्मृतीका राख मात्र छन त्यो पवित्र प्रांगणमा ठुल्ठुला घर भनिने केही अब्जेक्ट छन । फुटानी दिने अब्बल अब्जेक्ट मेरो यंत्रों र यता फर्केको छ आजको मुल्य यती जय घर मालिक।

कॉहा पुगे फेरी म खैर- पहिला चन्द्र प्र. अधिकारीको घरमा भॉडामा बस्थ्यौ । पछी प्लाज़ा पाउरोटीले बजार हिट गरेसी यी हजुरबालाइ सबले प्लाज़ा पाउरोटी भनेर नै चिने दाइ ब्राउन ब्रेड खान्थे उ बेला । अली पछी केशव आचार्यको घरमा सर्यौ डा.राम दन्तेको छेउमा, धान कुट्ने मील थियो नी याद छ …. फोकटमा धान कुटाउन आउथे उ नै बेला ।

यसै क्रममा मैले देखे दाइले मातेर मुख छाडेको माफ गर्नुस त्यो यहॉ लेख्न सकिन कुन कुन शब्द छाडे छाडा भनेर । मैले देखे दाइको बाइक एक्सिडेन्ट, झॉटझॉरेको कन्फीडेन्ट । मैले देखे दाइको दलाली, कोटमा जमानी । मैले देखे राती टंके सहीले हानेको, मलाइ मार छात्तीमा हान छात्तीमा भनेर चिच्चाएको जे होस आट्टी हुन के ।

जेठीलाइ छोड़ी कान्छी ल्याए, प्रेममा उठे ज़िन्दगीको बाटो पाटो सरलक्कै मोड़े क्या कुल पो हुन थाले भलादमी दाइ । १ पप्लुबाट म्यारिज नै खेले । रक्सी रण्डी र रात रंगीन बनाइरान्थे बुडा हेर्दा हेर्दै कार्यकर्ता बने हेर्दा हेर्दै चुनावी चन्दा उठाइ रातोंरात कपती बने नाम ठेकापट्टाको दिए । स्मार्ट बुडा । बाक पटुताका धुरन्धर बोल्यो की बनायो गर्थे । आ….अरु के बयान गर्नु दाइको हेर्दा हेर्दै कार चडे धेरैलाइ चडाए अनी दिउसै मोटेलमा लगी चडे । दाइ एक लिला अनेक भो अब म केही बोल्दिन तर हेर्नु त आज अचानक यो के देख्नु पर्यो । तिनलाइ के को कमी थियो ?

त्रिभुवन विमान स्थलमा सुटबुट खदा, रातों टिका दुइटा सुटकेस ट्रलीमा ट्याक लार खिंचेंको फ़ोटो डयास डयास स्ट्याटस भने बड़ों गज्जवको छ। फिलीङ प्राउड ट्राभलिङ टु उ युएसए भनी देखाए, देखावटी संसारलाइ आख़ीर हाम्रो हेर्ने बॉनी पनी त छ हेरे । लाइक पनी ठोकी हालिन्छ, पर्सनालिटी बाल ठोकीयो ।

मनमनै कठै यिनका दिन पनी सकीए अब दु:ख लेर आका रछन यो उमेरमा भन्ने लाग्दै भए पनी कमेन्ट बक्समा शुभयात्रा पनी ठोकीयो । बसबाट चडे फेरी सम्झे आए इनका खुन हग्दै गोली खांइ काम गर्ने दिन आए । अब देख्छन बुडाले फुटानी घाटमा देको गफ जस्तो हैन यो युएसए -हामीलाई लोभै लाग्छ क्या अर्ने अब दाइको पाता समयले कस्ने हो की भाग्यमा छ भने फिर्कीन्छन त्यो समयमा हेरीन्छ । आजलाइ यती फेरी पनी शुभकामना दाईं….

(स्रोत : हाम्रोदमक डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.