~मौसमजी भण्डारी~
साथीहरुले निजि रहर बनाए ।
सम्पती कमाए घर बनाए ।
आजाद भयनन पिल्सिनेहरु ।
सधै परिश्रमीलाई नोकर बनाए ।
फूल फुल्ने हराभरा हाम्रो बस्ती ।
उजाडेर सैतानहरुले बगर बनाए ।
छाएर आफै मात्र,अधिकारमा ।
एकछत्र राज गर्दै सदर बनाए
मौसमजी भण्डारी
बिरेन्द्रनगर-१० सुर्खेत