~विक्रम पवन~
छन्द : शार्दूलविक्रीडित
काेबाँच्छन् र खुसी भएर सुरवी मासेर नेपाल याे
नेपाली गरिमा बढाऊ शिरमा राखेर नेपाल याे
नेपाली जनकाे छ भाग्य गतिलो मारेत के भाे अब
हेर्नू है समरै लडेर मरुँला थाप्ने छु गाेली अब
–
माटाेकाे ममता जसै छ मनमा बेचेर खाँदै छ काे
हाँसेरै लडुँला बरु म मरुँला भागेर जाँदै छ काे
अप्ठ्यारो कसरी हुँदैन म भनूँ बाटाे बिराए पछि
मान्छेले दिल भित्रबाट सहजै अाफ्नाे नचाहे पछि
–
अामाकाे फरिया सफेद विधवा देखेर काे भाे दुखी
भिज्नेछन् धरती निशब्ध बनुँला देखेर हाँसी खुसी
याे राताे सिउँदाे उजाड कसरी भाे हेर साथीहरू
बाँचेकाे कसरी म देख्न सकुँला यी राष्ट्र घातीहरू
–
नेपालै नरहे रहन्न घर याे घाटै चिता भाे अहाे !
हान्दाे हाे मुटुमा विधवा मनले सम्झेर सुहाग त्याे
गाेर्खाली हुनुमा छ गर्व मनमा क्वै छैन टाढा अहाे
गाेली कै पहिलाे निशान म भएँ थाप्ने छु छाती अहाे
–
हार्दैनन् कहिल्यै कदापि जनता काे त्याग्छ नेपाल याे
नेताकाे मनले परन्तु किन हाे सम्झेन नेपाल याे
चाहे के नहुँदाे रहेछ मनुवा अाँटे हुने नै थियाे
धर्तीकाे ममता मभित्र यसरी बत्ती बलेकाे थियाे
–
अाँटे के नहुने रहेछ मनले मर्ने छु नेपालमा
जेजे गर्नु छ गर्छु अाखिर अहाे मर्ने हुँ नेपालमा
अामाकाे महिमा कवित्त्व कविकाे बुझ्नेछ काे काे यहाँ
लेखेरै मरुँला रसिला कविता लेखेर याैटा कथा
–
कस्ताे खेद खन्याे उसले किन लाै अाैकात अाफ्नाे भुल्याे
ज्यानै फाल्छु बरू छ यहीँ सुचना हत्या गरेकाे खुल्याे
व्यर्थै लालच गर्दछ ऊ किन खै ! बाेकेर के लान्छ खै
जानू पर्दछ अाखिर मानिस त्यै बाटाे भएर बरै
–
मर्नै जाति हुनेछ शहीद जसै मिल्नेछ शान्ति तब
कर्णाली प्रसिद्ध हिमाल नरुनू भन्ने छ कस्ले अब
अामाका सुकुमार हातहरूले छाेएर कता गयाे
माटाेकाे ममता भएर उसले गाेली खुसीले निल्याे
–=-=–
विक्रम पवन
रामेछाप