~प्रकाश सुनुवार ‘निराकार’~
रंगीन शहरको कथा अलग छ
स्वार्थी हुंदै गएको छ यो शहर
मान्छेहरु
उज्यालोमा पनि लाल्टीन बालेर हिंडेका छन्
आफुलाई वाहेक अरु कसैलाई देख्तैनन्
उज्यालोलाई अँध्यारो पारेर
आफ्नो मर्यादा मर्दन गरेर
अरुलाई समेत मारिरहेका हुन्छन्
सरमले मर्न वाध्य वनाएका हुन्छन् ।
प्रेमको कथा रंगीन अनि उज्यालो वनाउन
लालटिन वाल्न नपरेपनि
जरुरत सम्झन्छन् र लालटीन वाल्छन् ।
प्रेम लालटिनको उज्यालोले रंगीन हुने होइन
मर्यादा नाघिसकेपछि
लाजले अरुको अपमान गरिसकेपछि
स्वार्थ अनि वासनाको केन्द्र बन्छ प्रेम
त्यो जन्मन नपाउँदै मरेको हुन्छ ।
प्रेमीहरु
आफ्नो धज्जी आफै उडाएर
प्रेमको मर्यादा भुलेर
आफु जत्तिको स्वतन्त्र
अरु कोही छैनन् भन्ने सम्झिएर
आफुलाई रंगिन वनाउन खोज्दा
वास्तवमा उनीहरु कामवासनाको वन्दी हुन पुग्छन्
र, उनीहरु स्वतन्त्रताको भीरवाट लडेर
आफ्नै दुष्कर्मको घेरामा कैद हुन्छन्
अनि त्यतिखेर सम्म स्वतन्त्र हुन सक्तैन
जतिखेर सम्म उनीहरु स्वसम्मानित हुदैनन् ।
प्रेमले समाजलाई सम्मानित गराउनु सक्नुपर्छ
प्रेमीहरु समाजको आँखाहरु हुन् ।
प्रेम आफै एउटा आदर्श हो
अनुभव हो
प्रेम आफै रंगहरुको उत्पत्ति केन्द्र हो
प्रेम आफै उज्यालोको उत्पत्ति केन्द्र हो
यसलाई रंगीन र उज्यालो बनाउन
लालटीन वालिरहन पर्दैन ।
लालटीनको उज्यालोसंगै मर्यादाहरु मर्छन् ।
(२३ जुन २०१६, फार्नवोरो)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)