~नरेश शाक्य~
वर्तमानको टापुमा
एक्लो बन्दी
छालहरू मेरो भावना हिर्काइरहन्छन्,
चिन्ता–नदी मलाई घेरिरहन्छन्,
डुङ्गाहरू छैनन् जसमा चढेर
म यो चिन्ता–नदी उम्कन सकूँ,
छालहरू घचेट्न सकूँ,
(यो अस्वस्थ परम्परा)
आफन्तको सहरमा
निर्विघ्न पाइला टेक्न
एक मुटुमाया पोख्न
तर मात्र निर्मोहको सीमाहीन विस्तार
मेरा आँखा बिझाउन आउँछ
मलाई ठुङ्न आउँछ,
निरन्तर घाइते मेरो योद्धा
उठ्छ, लड्छ
उठ्छ, लड्छ
वर्तमानको टापुमा
एक्लो बन्दी
छालाहरू मेरो भावना हिर्काइरहन्छन्।