कथा : कमरेड निशाना

~प्रकाश खतिवडा~

‛जुन जोगी आए पनि कानै चिरेको, को नेता सांसद भए पो हामीलाई के ? को प्रधानमन्त्री भए पो हामीलाई के ?’ निशाना दिदीले आक्रोस पोखिन ।

टेलिभिजनमा प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रमको प्रत्यक्ष प्रशारण आइरहेको थियो । नेपाली काग्रसका नेता शुसिल कोइराला प्रधानमन्त्री भएकोले टेलिभिजन हेर्न स्थानीय काग्रेस कार्यकर्ताहरु अलि धेरै नै जुटेका थिए ।
“हेरन आफ्नो पार्टीको मान्छे प्रधानमन्त्री भएको भए दिदीले यसै भन्थिन ? ” विचैमा एउटा युवा प्वाक्क बोल्यो ।

‛मलाई जो भए पनि केही छैन । आस गरेकाले त खुल्केपाटो लाए । यी त जातै जम्दार के आस गर्नु ।’ दिदीले तत्काल जवाफ फर्काइन

आज दिदीको भावभङ्गी हेर्दा र कुरा सुन्दा उनलाई टेलिभिजन हेर्न मन छैन । तर पनि के गर्नु ? गाउमा सवैका घरमा टेलिभिजन छैनन । भए पनि लोडसेडिङ्गका कारण टेलिभिजन हेर्न पाउदैनन । लाइन कहिले आउछ कहिले जान्छ पत्तै हुदैन । लोडसेडिङ्गको वेलामा पनि यहाँ टेलिभिजन (सोलारवाट) चल्ने भएकोले टेलिभिजन हेर्नैका लागि भनेर गाउलेहरु दिदीकोमा आउछन । आज पनि त्यस्तै भएको थियो ।

छोटो छोटो तर कालो कपाल, बाटुलो अनुहार, उच्च पराकिलो निधार, थ्याप्चो नाक, ठुल–ठुला आखा, लामो घाटी, कसिलो शरिर भएकी अग्ली निशाना दिदीको स्वभाव विद्रोही खालको छ । सधै स्पोर्ट्स ड्रेसमा देखिने उनी कुनै युद्धमोर्चाको सिपाई जस्तै देखिन्छिन । अन्याय र अत्याचारका विरुद्धको कठोर लडाई नै उनको स्थानीय पहिचान हो । तर,दिदी देख्दा जति कठोर छिन त्यती नै मिलनसार, मेहनती, अनुशासित र मृदुभाषी पनि छन । दिदी केही समय अगाडिसम्म कम्युनिष्ट पार्टीको पुर्णकालिन रहेर पार्टी राजनीतिमा सक्रिय थिइन । गाँउदेखि जिल्लासम्म उनको चर्चा थियो । प्रष्ट बक्ता, अदम्य साहस र विद्रोही स्वभावका कारण उनको सफल राजनीतिक जीवन आम स्थानीय महिलाका लागि नमुना योग्य थियो । तर आज उनी आफुलाई स्वतन्त्र वामपन्थि भन्न रुचाउछिन । नागरिक समाजको तर्फवाट सामाजिक परिचालन र राजनतिक परिवर्तनका लागि भुमिका खेल्छु भनिरहेकी छन् ।

निशाना कक्षा ६ मा पढ्दै गर्दा ०४६मा देशमा प्रजातन्त्र आयो । गाँउ गाँउमा बहुदलीय व्यवस्थाका पक्षमा र पञ्चायतका विरुद्ध नारा जुलुस भए । गाउमा काँग्रेस र कम्युनिष्ट नामका पार्टीहरु खुले । प्रधानपञ्च बा काग्रेस भए । त्यस पछी प्रधानपञ्चको विरोध गर्दै आएका निशानाका बुवा कम्युनिष्ट बने । स्कुल पढ्दै गर्दा विद्यालयमा नेविसंघ र अनेरास्ववियु भन्ने विद्याथी संगठन जन्मिए । निशानाले अनेरास्ववियु कम्युनिष्ट नजिकको संगठन भन्ने थाहा पाएर उनी अनेरास्ववियुमा संगठित भइन । स्कुलमा संगठनको काम गर्दै ०५० मा निशानाले कअि को परिक्षा दिएकी थिइन ।

परिक्षा दिए लगत्तै जिल्ला स्तरका कम्युनिष्ट नेता कमरेड जीवन्त उनलाई भेट्न आए । जीवन्तले करिब १ घण्टा निशानालाई पार्टी, सामाज, व्यवस्सथा र राजनीतिक पेशाकोवारेमा लामो प्रशिक्षण दिए । । त्यसवेला जीवन्तले भनेका थिएः ‛निशाना जी मानव भएर जन्म लिए पछि देश र जनताका लागि केही गर्नु पर्छ । जन्मे पछि जीविका चलाउन र मर्न त सवै प्राणी सक्दछन । तर हामी सचेतन प्राणी हौ । हामी सँग उत्कृष्ट चेतना र श्रम गर्न सक्ने क्षमता छ । यसको प्रयोगवाट हामी समाजमा केही योगदान गर्न सक्छौ । यो हाम्रो लागि अवसर पनि हो ’ निम्न मध्ययम वर्गिय परिवारमा हुर्किएकीे निशानालाई यस कुराले प्रभावित ग¥यो । निशानाले अठोट गरिन म राजनीतिमार्फत समाजका लागि योगदान गर्छु । यस पछि जीवन्तले पार्टी फर्म भराए । फर्ममा टेक नेम राख्नु पर्ने थियो । सवै कम्युनिष्ट पार्टीका सदस्यहरुको टेक नेम हुन्छ भन्ने उनले त्यसै दिन थाहा पाइन । आफ्नो नाम के दिने ? भन्ने विषयमा सोच्दै गर्दा जीवन्तले नै उनको नाम राखिदिए ‛क. निशाना’ । त्यस उनी पार्टी विचमा र अन्य गाउमा कमरेड निशानाका नामले चिनिन थालिन ।

निशाना कम्युनिष्ट पार्टीको सदस्य भएर काम गर्न थाले पछि आफ्नो औपचारिक अध्ययनलाई अगाडि बढाउन सकिनन । बढाउन आवस्यक पनि ठानिनन् । कसैले उनलाई पढ्न हौसला पनि दिएन । चाहेको भए नि सजिलो थिएन पहाडि गाउहरु डुल्दै अध्ययन गर्न । उनले सोचिन किन पढ्ने । पढेर के हुन्छ ? मैले सामाजिक न्याय, विकास र परिवर्तनका लागि योगदान दिन यो नै काफी छ । त्यसैले उनलाई पढ्न सल्लाह दिनेहरुलाई उनी भन्थिनः ‛अहिले पढेका र नपढेका विचको अन्त्तर नै के छ र ? पढेका भाउजु र नपढेका आमाहरुले चलाउने घरको व्यवस्थापनमा भिन्नता छैन । पढेका दाजु र नपढेका बुवाले गर्ने खेतीमा फरक छैन । सर्टिफिकेटका लागि पढ्न वेकार छ । मलाई लोकसेवा दिनु छैन । मेरो यात्राको लागि यो नै काफि छ ।’

सरकारको कामको निरपेक्ष विरोध गर्नु, भण्डा बोक्नु सडकमा जुलुस गर्नु, सडकमा टायर बाल्नु, प्रहरीको नियन्त्रणमा पर्नु र छुट्नु, सरकार विरुद्ध जनतामा विकास भएको विद्रोहभाव समातेर संगठन विस्तार गर्नु उनको काम थियो । पार्टी बनाउने जिम्मा नेतालाई थियो । उनका लागि नेताहरु आर्दर्श थिए । नेताका कुरा अकाट्य लाग्थे उनलाई । उनी भन्थिनः ‛नेता हाम्रा भगवान हुन । उनीहरुले हामीलाई मुक्ति दिनेछन् । त्यसका लागि हामीले राज्यसत्ता कव्जा गर्नपर्छ । साम्यवाद ल्याउनु पर्छ । साम्यवाद आएपछि हामी मुक्त हुन्छौ । यसका लागि हामीले दुख गर्नु पर्छ । त्याग गर्नु पर्छ । वलिदान गर्नुपर्छ । ’त्यसै भाव र स्प्रिटमा निशाना आफ्नो जिम्मेवारी पुरा गर्न उनी दिनरात खटिन्थिन । नियमित श्रम गर्ने बाँनी, बोलीमा माधुर्यता, व्यवहारमा सन्तुलनता, इमान्दारीता र वर्ग पक्षधरताले उनलाई स्थानीय राजनीतिको शिखरमा पु¥यायो र उनी साच्चै जनताको ढुकढुकी बन्न सफल थिइन निशाना दिदी ।

निशाना दिदीले आफ्नो राजनीतिक यात्रामा आफुजस्ता धेरै साथी भेटिन् । तर ति थोरै मात्र टिकेका थिए उनीसँग आन्दोलनमा । कोही पार्टीको पुर्णकालिन कार्यकर्ताको व्यवस्थापन भएन भन्दै जान्थे । कोही बच्चाको लालन पालन र पठनपाठनको समस्या हल गर्न भन्थे । कोही विचार सिदान्त र व्यवहार नमिलेको भन्थे । कोहि कार्यदिशा नै अस्पष्ट भएको आरोप लगाउथे । यसरी पार्टी छाड्नेहरुलाई पछि पाटीर्लले कारवाही गरेको घोषण गथ्यो । एक पटक पार्टीमा पार्टी छाड्नेहरुको लर्को लामै भयो । यसले पार्टी संगठनमा ठुलो पहिरो गयो । क्षतिको आंकलन भयो । नेताहरुलाई पार्टीको अस्तित्व जोगाउन नै गा¥हो भयो । पार्टीले ‛जनवादी पुजीवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवाद निर्माणको तयारीको रणनीतिमा अगाडी बढ्न निसर्त क्रान्तिकारी धु्रविकरण भन्दै’ अन्य पार्टीसंग पार्टी एकताको लागि पहल अगाडि बढायो । यस कुराले निशाना दिदी उत्साहित भइन । यसले सामाजको सामाजिक आर्थिक विकासका लागि आफुले थप योगदान गर्नसक्ने भन्दै उनले पनि पार्टी एकतामा जोड पनि दिइन ।

पार्टी एकता भयो । एकता पछि पार्टी पनि ठुलो भयो । पार्टीमा पुर्णकालिनहरुको संख्या पनि बढ्यो । पार्टीको शक्ति बढ्यो । पार्टीको शक्तिले स्थानीय सत्तालाई प्रभावित ग¥यो । स्थानीय निकायको बजेट देखि ठेक्का पट्टाहरुमा पार्टी नेतृत्वको ध्यान जान थाल्यो । हिजो भ्रष्टचार र कमिसनतन्त्रको विरोध गर्ने नेतृत्वका कमरेडहरु आज पार्टी र क्रान्तिका लागि जायज भन्दै कमिसन लिएर ठेक्का पार्न, पक्षधरता विर्सिएर मुद्दा मिलान गर्न, तस्करी र कालो बजारीयाहरुको संरक्षण गर्न थाले । तडक–भडकपूर्ण जिन्दगीको विरोध गर्ने साथीहरु क्रान्तिकारी उपयोगको कुरा गर्न थाले । हिजोसम्म चुरा, पोते र गहनालाई बन्धन ठान्ने कमरेडहरु झरिझट्ट गहनामा सजिएर दैनिक व्युटी पार्लर धाउन थालेका थिए । विगतका बैठक र भेलाहरुमा ‘सादा जीवन र उच्च विचार’का धारणाहरुबाट हामीलाई प्रभावित गर्ने साथीहरु आज भोलि बद्लिदै गइरहेका थिए । यसले निशानामा संकाहरु उब्जिएका थिए । उनलाई यात्रुले बाटो विराएको जस्तो लागेको थियो । यसवेला निशानाले भनेकी थिइनः ‛साथीहरु हाम्रो रुपान्तरण उल्टो दिशामा भैरहेको छ । हामीले होस गुमाएका छौ । हामीले होश गुमाउदा पश्चगामी शक्तिलाई नै फाइदा पुग्छ । हामीले सोच्न र सच्चिन ढिलो भैसकेको छ ।’

तर पार्टी नेतृत्वले उनको कुरा सुनेन । साथीहरु कुन वेला लेनिनले के गरे ? स्टालिनले के गरे ? माओले के गरे ? जस्ता उदारण र उद्धरणहरु सुनाएर आफ्नो व्यवहार ठिक भएको पुष्टि गर्न खोज्थे । यो कुरा निशानालाई मन नपरे पनि उनी सँग त्यसको सन्दर्भ र भावको व्याख्या सहित प्रतिवाद गर्ने सामथ्र्य थिएन । उनी सँग न त राजनीतिक इतिहासको बृहत ज्ञान थियो नत दर्शन कै । कहिले काहीं हुने पार्टी प्रशिषण नै दिदीका उर्जाका स्रोत थिए । उदारण र उद्धरणहरुलाई उल्टो पाल्टो पारेर सन्दर्भ विहिन अवस्थामा पेश गर्थे साथीहरु । यसले कति कति वेला त हाम्रो स्कुलिङ्ग नै वेठिक छ कि के हो ? जस्तो लाग्दथ्यो निशानालाई । यसवेला उनले गहिरो अध्ययनको आवस्यकता महसुस गरिन । तर, परिस्थिती त्यो अनुकुल थिएन । पार्टीमा वैठक र वैचारिक छलफलको अभ्यास घट्दै गएको थियो । इन्र्जाजका विस्वास पात्रहरुका कोठे वैठकले पार्टी चलाउन थालिएको थियो ।

………………………………………………………………………………………………….

लामो समय पछि पार्टीको वैठक हुन लागिरहेकको थियो । धेरै समयको अन्त्तराल पछि हुन लागेको वैठक भएकोले होला वैठकमा सवै जसो साथीहरुको उपस्थिती रहेको थियो । वैठक प्रारम्भ भयो । प्रारम्भका इन्चार्ज कमरेडले सम्वोधन मात्र के गरेका थिए भुइवाट एक सदस्य कराए ‛खानेपानीको ठेक्कावाट आएको पैसा खै ? त्यसको हिसाव चाहियो । नत्र बैठक चल्न दिइदैन ।’ भुइवाट धेरै जसोले तालि बजाए ।

त्यत्तिकैमा अनन्त उठेर वोल्न थाले : ‛साथीहरु हामीले पार्टी चलाउन भनेर हरेक वर्ष हरेक गाविसवाट ५०÷५० हजार रुपँया उठाएर यहाँ पठाएका छौ । तर कार्यलयको टेलिफोन लाइन काटिएको छ । साथीहरुको कोठाको भाडा तिरिएको छ । तर कार्यलयको भाडा तिरिएको छैन । साथीहरुको कोठामा सोफा सजिएका छन तर पार्टी कार्यलयमा बस्ने कुर्षि छैन । के हामीले गाँउ गाँउवाट उठाएर पठाएको जनताको पैसा नेताको निर्वाहको लागि हो ?’ हल स्तव्ध भयो । इन्चार्ज कमरेड बक्क उभिरहनु भयो । साथीहरुले पार्टीले योजना पारिदिए बापतको कमिसन पनि बुझाएको र हिसाव पारदर्शी नभएको भन्दै विवाद थप चर्को भयो ।

त्यत्तिकैमा इन्चार्ज कमरेडले बोलेः वैठक १ घण्टाका लागि स्थगित गरिन्छ ।

इन्चार्ज कमरेड अहिले निक्के मलिन देखिन्छन । अस्ति निशानाले तपाईले चढेको गाडी कसरी आयो । एउटा पुर्णकालिन पार्टी कार्यकर्ताले कसरी गाडि किन्न सक्छ भन्ने प्रश्नमा साथीहरुको सहयोग भनेर सरक्क चिप्लिएका इन्चार्ज कमरेडलाई आज अलि गा¥हो भैरहेको छ । उनी मञ्चवाट उठेर तल आए र खुसुक्क भनेः ‛निशाना जी, केही सल्लाह गर्न पर्ने भयो, हामी छुट्टै बसेर छलफल गरौन ।’

इन्चार्जको कुराले निशानालाई थप रिस उठ्यो । शरिर काप्न थाल्यो । उनलाई इन्चार्ज लाई एक झापड हान्न मन लागेको थियो तर त्यसो गरिनन । संयम हुदै भनिनः पार्टी भित्र पनि गोप्य हुन्छ ? हामीले साथीहरुलाई के लुकाउनु छ र छुट्टै छलफल गर्नुपर्ने ? सवै यही गर्दा भैहाल्छ नि ।

दिदीको कुराले इन्चार्जको मन थप विग्रियो । न्याउरो अनुहार लिएर इच्चार्ज कमरेड फुत्त बाहिर निस्किए ।

भाग्ला है भाग्ला : हलवाट साथीहरु कराउन थाले ।

‛अँ , बैठक बस्न नै दिएनन् । यस्तोमा कसरी काम गर्ने ? तपाई नै आउनु प¥यो । हजुर हजुर’ : इन्चार्ज फोनमा वोल्दैथिए ।

यस भन्दा अगाडि के भने दिदीले सुन्न पाइनन् । उताको आवाज वाहिर प्रस्ट आएको थिएन ।

‛हजुर, हजुर । हस, हस ’भन्दै इन्चार्जले फोन राखे ।

इन्चार्जको अनुहारमा तत्काल चमक भरियो । उनी फुर्तिका साथ वैठक कक्षमा प्रवेश गरे र भनेः ‛साथीहरु यस्तो बातावरणमा म वैठक चलाउन सक्दिन । अव वैठक माथिल्लो कमिटीको उपस्थितीमा हुन्छ ।’ वैठक कहिले र कहाँ हुने वारेमा केही भनिएन ।
यत्तिकैमा निशानाको मोवाइलमा घण्टि बज्यो । निशाना दिदीले फोन उठाइन : ‛हेल्लो’

उतावाट सिधै आवाज आयोः ‛निशाना जी, के हो तरिका ? वैठकमा इन्चार्जलाई सहयोग नगर्ने ? तपाई नेतृत्वको कुरा नमान्ने ? जनवादी केन्द्रियता नस्वीकार्ने हो भने पार्टी छाडिदिए हुन्छ ।……………..’ निशानाले विचैमा फोन काटि दिई । उसलाई धेरै सुन्नु पनि थिएन । फोन माथिल्लो कमिटीका साथीको थियो ।

यो कुराले निशानामा कम्पन उत्पन भयो । उनी विचवाटै उठेर वोल्न थालिनः ‛साथीहरु पार्टी चलाउन भ्रष्टचार, तस्करी, दलाली र ठेक्कापट्टा नै गर्ने र २ जनाको कोठे सहमतीवाटै पार्टी चलाउने हो भने सवै कमिटी भंग गरौं । जग्गा दलाली गरौ । ठेकदारको लाइसेन्स लिउ । म्यानपावर अफिस खोलौ । र वैधानिक व्यवसाय गरौ । होइन पार्टी नै चलाउने हो भने हामी सच्चिनु पर्छ ।’ भन्दै निशानाले लामो भाषण दिइन । इन्चार्जको विरुद्धमा पनि वोलिन निशाना ।

त्यसको २ दिन पछि माथिल्लो कमिटीको नाममा सर्कुलर जारी भयो । सर्कुलरमा भनिएको थियो “दण्डहिनताको अन्त्य गरी एउटा उच्च अनुशासित र क्रान्तिकारी पार्टी निर्माणमा योगदान पु¥याउने उद्देश्यले निशाना, अनन्त ………. लाई ६ महिना सम्मका लागि पार्टीको साधारण सदस्यता समेतवाट निलम्बित गरिएको छ ।”

यस घटना पछि निशाना पार्टी सम्पर्कमा गइनन । यस विचमा उनले सरोजराज अधिकारीद्धारा लिखित पुस्तक जासुसीको जालो, चक्रब्युहमा चन्द्र सुर्य, र सुधिर शर्माद्धारा लिखित पुस्तक प्रयोगशाला पढिन । यसले उनी नेपालका आफुलाई कम्युनिट भन्ने पार्टीहरुप्रति नै दया जागेर आयो । अन्ततः निशाना दिदीले साथीहरुलाई निष्कर्ष सुनाइनः ‛मेरो २० वर्षे राजननितीक यात्रामा मलाई कुनै गुनासो छैन । तर अव पार्टीमा फर्किए भने जिन्दगी भर गुनासो रहने छ । विदेशीको इसारामा चल्ने पार्टीको सदस्य बन्नु भनेको मेरो आत्मासम्मानमा मात्र हैन नेपाल आमा प्रति नै ठुलो घात हुनेछ । किन कि पार्टीमा ह्वीप लाग्छ । ह्वीप भनेर दलाल नोकरशाहहरुको आदेश मान्न र राष्ट्रिय स्वाधिनताको आन्दोलन नउठाउन म सक्दिन । त्यसैले अव म स्वतन्त्र जीवन जीउछु । राष्ट, राष्ट्रियता, समाजको विकास र परिर्तनका लागि समर्पित हुन्छु । अव मेरो एउटै लक्ष्य हुनेछ राष्ट्रिय स्वाधिनताको रक्षा र सामाजिक परिवर्तनका लागि नागरिक आन्दोलन ।’

November 5, 2014

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.