~प्रकाश गिरी~
मेरो प्रेमकहानी अनौठो छ। उसलाई थाह छ म उसलाई नै चाहँन्छु। मलाई थाह छ ऊ अरु कसैलाई चाहन्छे। ऊ थाह नपाएजस्तो गर्छे, म थाह नपाएजस्तो गर्न खोज्छु।
प्रेमले जिवन दिन्छ। एकतर्फी प्रेमले जिवनमै मृत्यु थपिदिन्छ। हाँहाँ… ‘उसको प्रेमकहानी, उसको जनैसुपारी…’ – तपाँई सोँच्नुहोला – ‘…उसको सिउँदो, उसको सुहाग…’। …मतलब म अझैँ धेरैफेर मर्न बाँकि छ। तर गलत्… म त उसका यि सबै क्षणहरु हेर्न लालायित छु। मलाई ऊ रमाएर हाँसेको हेर्न निकै मन पर्छ। सायद ऊ मेरी हुन नसक्ने परिस्थिति बर्षौँदेखि बुझिसकेका कारण होला, मलाई ऊ मेरी नहुनुमा कत्ति पनि पिर छैन, दु:ख छैन। मलाई पागल भन्नुहोला… तर मैले अघिनै भनिसकेँ, मेरो प्रेमकहाँनी अनौठो छ! म पागल उसका सामाजिक सँजालहरुमा गुलाब लिएको फोटो देख्छु र मैले दिएको फोटो खिचेरै जिन्दगिमा पुर्णताको अनुभव गर्दछु।
एक्लो महसुस हुदाँ अमिताभ भन्ने बुढो मनुख्खेको स्वर सुन्दछु – “…तुम होति तो एसा होता, तुम होति तो वेसा होता… मे और मेरी तन्हाईया, अक्सर बाते कर्ते हे…!!” यी शब्दहरुले मलाई सपनामा धकेल्छन्। मानिसको जिवन एकचौँथाई निँद, अनि दुई चौँथाई सपनामै त बित्दछ। म ट्याक्कै एकचौँथाई आनन्दमा मधुमस्त रहन्छु!
प्यारीको सम्झनामात्र गर्दापनि मेरो माथिलङ्ग आनन्दमा सिरिङ्ग गर्दछ र मलाई लाग्छ स्वर्ग देख्न मर्नै पर्दैन, मन् परेको मान्छेको अंगालोमा ढल्न पाए पुग्छ! मलाई प्रथम वा अन्तिमपटक नै सहि, एकफेर आँखा चिम्लेर उसलाई आलिङ्गन गर्न मन छ। के उसलाई मैले बिशुद्द आलिङ्गनको प्रस्ताव राखेँभने एकफेर उसले मलाई अंगालो हाल्ली? … नत्र त म पक्का छु स्वर्गको अनुभूति गर्न मलाई मर्नै पर्ने छ… र उसको स्पर्शबिनैँ मरेँभने म नर्कमै भासिने छु! त्यसैले सधैँ मेरो मनमा अन्तरद्व्न्द चलिरहेछ… जब उससँगका सपनाले आनन्दित तुल्याउँछ, लाग्दछ प्रेम भगवान हो… अनि जब बिपनाले झस्काउँदछ, लाग्छ प्रेम राक्षस हो! प्यारी, मलाई भगवानमा विश्वास दिलाईदेउँ, म नमरुन्जेल एउटा आत्मीय अंगालोको प्रतिक्षामा छु!
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )