~निशा खनाल अर्याल~
पिता तिलमाधव देवकोटा र माता अमरराज्यलक्ष्मी देवी देवकोटाका लक्ष्मीप्रसाद देवकोटा साइँला छोरा थिए । उनको जन्म १९६६ साल कात्तिक २७ गते शक्रबार काठमाडांै, डिल्लीबजारमा भएको थियो । उनको न्वारनको नाउँ तीर्थमाधव देवकोटा जुराइएको भए तापनि लक्ष्मीपूजाको दिन जन्म भएको हुँदा उनलाई लक्ष्मीको प्रसाद भनेर ‘लक्ष्मीप्रसाद’ नामबाट बोलाउनाले उनको नाम नै लक्ष्मीप्रसाद देवकोटा रहन गयो ।
देवकोटाले जन्म लिएदेखि नै उनका घरमा अनेकौं किसिमका पीडा, दुख, गरिबी, कष्टहरूले पीडित घरको भित्रको व्यवस्थापकीय ढाँचा पनि अत्यन्तै दयनीय थियो तर पनि घरले गरिबीको रेखालाई नाघ्न नसके तापनि उनी सानैदेखि भन्ने गर्थे, म अंग्रेजी पढ्छु अनि आफू जान्ने भएपछि अरुलाई टयुसन पठाई पैसा कमाउँछु । यस्ता सानैदेखि साहसी, लगनशील र दृढ विश्वास भएका उनी धनले गरिबी भए तापनि मनको ठूलो धनी उनको विचारधारा थियो तर उनी जन्मदेखि नै रोगी रहेछन् ।
जे होस उनका पिता पनि साहित्यमा रुची भएका, कविताहरू लेख्ने गर्नाले आफ्नै माता र पिताको कवितालाई पढेर सार्न उस्तै कपि गरेझैँ गरी लेख्ने गर्नाले उनीभित्र साहित्यको रस पलाउँदै पानीले निथ्रुक्क भिजेझैँ साहित्यको रसमा भिज्दै चुर्लुम्म भएपछि पिताको पण्डित बनाउने छोराप्रतिको रहर भए तापनि देवकोटा पढाइमा अति नै चंख भएकाले सबै परिवारले पण्डित नबनाउने भनी विरोध गर्नाले उनलाई अंग्रेजी पठाउन दरबार स्कुलमा भर्ना गर्न पुगे । उनले बाल्यकालमा नै पिता अमरकोश घोक्नुका साथै स्तोत्रमाला पढी सकाएका थिए । देवकोटाले स्कुल जाने क्रममा आफ्ना साथीहरूलाई मिठा मिठा आफूले रचेका कविताहरू सुनाउने गर्ने क्रममा उनका केही साथीले के त्यो कविता यिनले नै लेखेका हुन् त ? भन्ने प्रश्न गर्दै स्वीकार्दैनथे । यसै क्रममा एक दिन क्लासका सबै विद्यार्थीले मिलोमतो गरी उनको बेइज्जत गर्न हिसाबले कविता लेख्ने परीक्षा लिए ।
लक्ष्मीप्रसाद देवकोटाले पनि सबै विद्यार्थीको सामु क्लासमै बसेर एउटा कविता लेखेर सुनाए मर्मस्पर्शी कविताले सबैको मनलाई पगालिदियो । त्यस्तो क्षणभरमै गहन कविता सुनाउँदाको घडी शिक्षकहरूले उनलाई खुसी हुँदै —‘कोपिलाउँदो कवि’ को दर्जा र सम्मान दिए । यसरी सागरमा नुहाएझैँ साहित्यमा सानैदेखि चुर्लुम्म भएका उनका साहित्यप्रति अमृत रसको पान गराउने गुरु आफ्नै पिता र कविशिरोमणि लेखनाथ पौडयालका प्रेरणासम्म बटुलिएका देवकोटा साहित्यमा बालकमै जवानमा घोर्ले देखिएझैँ गरी उनी साहित्यमा छिप्पिँदै गई वर्डस्वर्थ र सेली जस्ता पाश्चात्य कविहरूका प्रभावमा पनि चाडै पौडन थाले । त्यसै क्रममा देवकोटाले दस वर्ष नपुगी कविता लेख्ने क्रममा त्यो बेला आफ्नी जेठी भाउजू सोमकुमारीको पीडा र व्यथामा चुर्लुम्म डुबेर ‘म त अभागी पो भएँ’ शिर्षकमा मार्मिक कविता लेखेका थिए भन्ने कुरा इतिहासको रुपमा साक्षी नै छन् ।
म निर्धक्कले भन्न सक्छु यी लक्ष्मीप्रसाद देवकोटा अजर अमर आत्मा हुन् किनकि उनले भनेका छन् एउटा पंक्ति यहाँहरू माझ ‘के श्रृंगार गुलाबलाई कमलैलाई म धोउँ किन ?’ गुलाबलाई अझ राम्रो पार्नका लागि सिङारिरहनु पर्दैन रे ! त्यस्तै आफैमा एक स्वच्छ ‘कमल’ लाई पनि धोइ—पखाली गरिरहनु पर्दैन अरे ! देवकोटा उनी आफंैले भनेका ती ‘गुलाब’ र ‘कमल’ उनी आफै हुन् भन्दा पनि अब कुनै अत्युक्ति हुँदैन । उनीभित्रको प्रतिभा र चेतनाले टम्म भरिएका जसले सबै नेपालीहरूको मन मस्तिष्कमा पसेर उनले आफूभित्र भएको सारा ज्ञान अरुलाई दिए र छताछुल्ल गरी संसारभरि छरे जसले गर्दा नेपाली विधाको विविध ढुकुटीभरि पुग्यो । त्यसैले यी ज्ञानवेत्ता कविका पनि कवि उनी महाकवि हुन् जसलाई हामीले देशमा गर्व औ शानले पुकार्दछौं । त्यस्तै क्रममा देवकोटा महत्वाकांक्षी एक लगनशील युवा भएकोले प्रजातन्त्रपछि राजा त्रिभुवनले सल्लाहकार सभाको सदस्यमा उनलाई मनोनित गरे । त्यसको निरन्तरता राजा महेन्द्रले पनि देवकोटाको सो पदलाई दिए ।
देवकोटा त्रिभुवन विश्वविद्यालयको स्थापनासँगसँगै सो विश्वविद्यालयको कमिसनको सदस्यमा मनोनीतसम्म हुन पुगे । त्यसपछि उनैको हस्ताक्षरमा विश्वविद्यालयको रुपरेखा तयार गरियो । महेन्द्रको चान्सरलरसिपमा देवकोटा पनि नेपाल एकेडेमीको सदस्य हुन गए । डा.के.आई. सिंहको प्रधानमन्त्रीत्वमा गठित मन्त्रिपरिषदमा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री पनि बन्न पुगे । ११० दिनसम्म मन्त्री भएका बेला पनि उनले नेपाल राष्ट्रभरिका स्कुल र कलेजहरूमा नेपाली भाषामा पढाइ हुने व्यवस्था मिलाए । नेपाली भाषा साहित्यमा देवकोटा रुमानी प्रवृत्ति लेखनका श्रीगणेश भए । साथै नेपाली भाषासाहित्यलाई अंग्रेजी भाषासाहित्यमा अनुवाद गरेर सर्वप्रथम पश्चिमी मुलुकमा पु¥याउने काम पनि देवकोटाबाट नै भएको थियो ।
यस्ता महाकवि देवकोटाभित्र करुणा र चरम माया भएका ‘दुःखी र पीडाले भरिएको लाचार व्यक्तिको अनुहारमा खुसी हेर्न चाहने उनले ‘विवश, लाचार भइ अरुको भनाइले ग्रस्त भएका माग्नेको अनुहारमा खुसीले गदगद भएको हेर्न अरुले दश पैसा दिँदा उनले पचास रुपैयाँ दिएर ‘त्यो माग्नेको अनुहारको खुसी हेर्न आफू टाढा ओझेल परि बसेर रमाएको हेर्न चाहन्थे, उनीहरूको अनुहारमा झल्किएको खुसीले उनी कविता लेख्दथे त्यसै क्रममा उनले भिखारी, यात्री नामक कविता पनि लेखे ! साँच्चै उनी असल स्वभाव तथा दार्शनिक भएकाले आफूमा भएको कलालाई साहित्यमा सरस ढंगबाट बहरी दिए । उनको रचनाले के बालक, के वृद्ध, के युवायुवती तथा प्रौढ सबैलाई उनीहरूकै आआफ्नै स्वभावमा रमाउने गरी साहित्यको सिर्जना गरे ।
फलस्वरुप नेपालीका ढुकढुकी बनेर आफ्नै जीवन संगिनीसँगको कथा र व्यथामा डुबी मुना मदन, लुनी, भिखारी, सुनको बिहान, यात्री जस्ता धेरै गहन मन छुने कविताहरू नेपालीको प्रीतिका गीत सर्वाधिक गुन्जी यसैभित्र नेपालीहरूको आत्मा रमाउने गर्छ, ती मध्यका पनि मुनामदनका कहानी झ्याउरे गीति छन्दमा भएको र निक्कै चेतना मर्मस्पर्शी रुपी भएको हुनाले विश्व भरिरहेका नेपालीको जीब्रोमा अमृत रसको स्वाद बनेर झुन्डिन पुगेका छन् भने नेपाली साहित्यको सर्वाधिकार बिक्री भएको पुस्तक पनि यही नै हो ! यसमा दुख, सुख, पीर, पीडा, व्यथा, चिन्ता आदिमा आफ्नै जीवनसँग आधारित कथा र ब्यथा पोखेर लेखिएका यसभित्रका मुनामदनका उच्चारण हुने हरफहरूले मनलाई आनन्दित तुल्याउनुको साथै भड्किरहेका युवा पीडिलाई चेतना पनि दिइरहेको हुन्छ, उनले भनेका छोटो अंश यहाँ राख्न उचित लाग्यो । हातका मैला सुनका थैला के गर्न धनले ? साग र सिस्नु खाएर बस्नु आनन्द मनले ! हो यस्ता धेरै चेतनास्वरुप श्लोकले मानवको मनमष्तिस्कमा पसेका छन् उनी ।
जातिपातिको रुढीले ग्रस्त समाजलाई बाटो देखाउँदै भन— ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन ।’ त्यसरी नै श्रमलाई सम्मान गर्दै भने’ चुम्दछ ईश्वर काम सुनौला गरिरहेका हात । ‘सबैभन्दा ठूलो कुरो त देवकोटाले नेपाली कवितामा क्रान्ति नै ल्याए ।
सिर्जनाका फूलवारीको साँच्चै नै उनी फूलहरू फुलाउने यिनै पो सृष्टि हुन् कि ? वा उनी साँच्चै नै मनुष्य जन्मका देवता हुन ? क्यान्सरको असीम पीडाले आर्यघाटमा छटपटाउँदै ‘मलाई विष दिनोस्’ भनेर माग्न विवश हुनु पर्दा पनि जीवनलाई सधैं सकारात्मक पाटोबाट हेर्न दन्त्य—कथाका नायक जस्ता लाग्ने देवकोटा भन्ने गर्थ ‘गरिब भन्छौ सुखको म झै धनी मिल्दैन संसारभरि कतै पनि’ मेरो आत्मालाई साहित्यको फूल बनाई यिनैका चरणमा अर्पण गर्न मन लाग्छ, मेरो अन्तर मनको साहित्य भावना र साहित्यप्रतिको तृष्णाहरू यिनीबाटै सिर्जना गरिएका सारा ज्ञानका रस पिएर म हरपल रमाउन चाहन्छु भन्दै मेरा कलम रुपी मसिले उनीप्रति श्रद्धा सुमन अर्पण गर्दछु !
(स्रोत : श्री रुपरेखा)