कथा : अपहरण

~अभय श्रेष्ठ~chanki shrestha - abhaya

चार्ल्स डार्विनको विकासवादलाई उसले राम्ररी पछ्याएको थियो। पहिले क्रान्तिकारी थियो। पछि ‘नेता’ भयो र त्यसपछि ‘मन्त्री’।

भोक, यातना, जेल र कठिन यात्रा क्रान्तिकारी जीवनका अभिन्न अंग थिए। पानीमा चोबल्दै गालामा करेन्ट लगाइएका र पाइतालामा किला ठोकिएका असह्य पीडा अझै पनि बल्झिन्छन्। भीरैभीर, काँडैकाँडा, जंगलैजंगल कुद्नुपरेका क्षणहरू सम्झनाको रिलमा बारम्बार घुमिरहन्छन् !

पार्टीको खुला मोर्चामा सरुवा भएपछि उसले अन्तरपार्ट सीम्बन्ध र व्यवस्थापनको जिम्मेवारी पायो। मन्त्री भएपछि उसको जीवनले उत्तरआधुनिक मोड लियो र स्वर्गीय ज्याक डेरिडालाई ब्यूँताएर विनिर्माणको अनन्त यात्रामा सामेल भयो।

पहिलो पल्ट मन्त्री भएको थियो। यस कारण जिउमा दौरा-सुरुवाल थिएन। सपथ लिएर फर्कनेबित्तिकै पत्रकारहरूले सोधे- दौरा-सुरुवाल किन लाउनुभएन मन्त्रीज्यू ?

मन्त्रीले एकसाथ तीन बुँदे जवाफ दियो-

-म दौरा-सुरुवाल लाउँदिनँ।

-दौरा-सुरुवाल किन्ने पैसा मसँग छैन।

-दौरा-सुरुवाल प्रतिगामी सत्ताको राष्ट्रिय पोसाक हो।

मन्त्री निवास छिर्नेबित्तिकै सुरक्षा गार्ड र अन्य कर्मचारीले धुमधाम स्वागत गरे। कालो बोका त पर्सएराै राखिएको थियो। काट्ने तयारी भयो। मन्त्रीले आपत्ति जनायो।

‘हजुर, यो त नगरी हुँदैन। परम्परा तोड्नु हुँदैन। माथिको आदेश छ’, सुरक्षा गार्डहरूले भने।

‘माथिको आदेश भनेको के हो ?’

‘पूरै माथिको आदेश हजुर !’

होस्, यी खानका कालहरूको खाने दाउ ! मन्त्रीले आदेश खोतल्ने दुःख गरेन। बोका काटियो र मन्त्री हिँड्ने बाटाभरि त्यसको रगत छरियो। रगतको छिटा मन्त्रीको लुगामा समेत पर्‍यो। हरे यो के गरेको ! मन्त्रीले मलुवा आपत्ति जनायो।

‘हजुर यस्तै चलन छ। परम्परा तोड्न नहुने !’

अन्ततः हार मानेर परिवारसहित मन्त्री कालो बोकाको रगत टेक्दै निवास छिर्यो। सुरक्षागार्डले ज्यालासहित बोकाको दाम असुले।

मन्त्रीलाई थकथक लाग्यो। यस्तो थाङ्ने परम्पराको जहाज चढेर कसरी क्रान्तिकारी काम गर्न सकिएला – विगतमा अर्का वामपन्थी प्रधानमन्त्री हुँदा कालो बोकाको रगत टेक्दै निवास छिरेकामा उसको पार्टीले घोर भर्त्सना गरेको थियो। ऊ स्वयम्ले यो मुद्दा संसद् र अखबारमा निकै चर्को स्वरमा उठाएको थियो।

मन्त्री कुस्तुर भयो, अब पत्रकारले सिध्द्याउने भए। उसको नियत खराब थिएन। हार्नमात्र नसकेको थियो। नभन्दै पत्रकारले र्याखर्याखती पारे। मन्त्रीसँग कुनै जवाफ थिएन। रफूचक्कर हुनखोज्यो। तर पत्रकारको एम्बुसमा परिसकेको थियो। अन्तत उसले भन्नैपर्यो- मन्त्री भएपछि देशको संस्कृति जोगाउनु मेरो पनि धर्म हो।

***********

मन्त्रिपरिषद्को पहिलो सभामा ऊ टिमिक्क मिलेको दौरा-सुरुवालमा देखापर्यो। बाहिर निस्कनेबित्तिकै पत्रकारहरूले प्रश्नको प्रत्यञ्चा सोझ्याइहाले- दौरा-सुरुवाल किन लाउनुभयो
मन्त्रीज्यू ?

चिर स्वभावअनुसार यस पटक पनि उसले तीन बुँदे जवाफ दियो -तर त्यसको भाषा पूरै फेरिएको थियो-

-दौरा-सुरुवाल राष्ट्रिय पोसाक हो।

-म पनि त राष्ट्रिय मन्त्री हुँ !

-राष्ट्रिय पोसाकलाई राष्ट्रिय मन्त्रीले सम्मान गर्नुपर्छ।

मन्त्री पहिले अर्धभूमिगत क्रान्तिकारी थियो। पछि खुला मोर्चाको नेता भयो र त्यसपछि मन्त्री। आजीवन प्रतिपक्षी रहने उसको चरित्रले कोल्टे फेरेको थियो। पत्रकारहरूले त्यहीँ समाते।

-मन्त्रीज्यू, पहिले स्थायी प्रतिपक्षी हुनुहुन्थ्यो, अब यो के हुनुभएको हो ?

-मन्त्रीज्यू, अब समयले कोल्टे फेरेको हो ?

-मन्त्रीज्यू, यो पनि क्रान्तिकै अर्को चरण हो ?

प्रतिक्रियामा मन्त्री हाँस्दै, बाईबाई गर्दै पजेरोमा सवार भयो।

*********************

मन्त्री कुनै दैनिक अखबारको दाइने कुनोमा आँखा तन्काई तन्काई व्यंग्य स्तम्भ पढिरहेको थियो जसमा उसकै खिल्ली उडाइएको थियो। उत्तेजना र रिसले निधार खुम्चिएको थियो। सचिवले ध्यान भंग गरिदियो।

‘हजुर, आराम छैन कि ?’

‘ठीकै छु,। भन्नुस् के छ सचिवजी ?’

‘हजुर, एउटा आदेश छ।’

‘कस्तो आदेश हो सचिवजी ?’

‘हजुर, एउटा निर्दोषलाई बलात्कार अभियोगमा थुनिएको रहेछ।’ सचिवले तस्बिर देखायो। यो मानिस सहरको कुख्यात गुण्डा थियो र कैयन् यस्ता अपराधमा बारम्बार थुनिएको थियो। पछि नेता वा मन्त्रीको आदेशमा छुट्ने गथ्र्यो।

मन्त्री झोक्कियो, ‘कसरी भन्नुहुन्छ यसलाई निर्दोष ?’

‘सारा प्रमाण छन्।’

‘केको प्रमाण – अपराधको ?’

‘होइन हजुर, निर्दोषीको।’

‘सचिवजी, जिद्दी नगर्नुस्, यसलाई थुन्नैपर्छ।’

‘होइन हजुर, त्यसलाई छाड्नैपर्छ। माथिको आदेश छ।’

‘त्यसलाई अदालतको आदेशले मात्र छुटाउन सक्छ।’

‘होइन हजुर, बर्बाद हुन्छ। माथिको आदेश छ, तुरुन्त छाड्नुपर्छ।’

‘के आदेश छ ?’

‘गल्तीवश समातिएको भनेर छाड्नुपर्छ।’

‘अदालतको के काम भो त ?’

‘अदालतले चाहिएका बेला आफ्नै काम गर्छ हजुर।’

हार मानेर मन्त्री अन्ततः सोझै आइजीपीलाई फोन गर्न बाध्य भयो।
*************

‘हजुर, एउटा जरुरी काम थियो !’

‘के पर्यो सचिवजी ?’

‘हजुर, वीरगञ्ज भन्सारले बेइमानी गर्यो।’

‘कस्तो बेइमानी सचिवजी ?’

‘घुस नदिएको झोकमा जरुरी औषधि जफत गर्यो।’

‘त्यो त लागू औषध हो सचिवजी।’

‘माथिको आदेश छ, होइन रे।’

‘तिनीहरू केटी बेच्ने दलाल र अवैध औषधि भित्र्याउने तस्कर होइनन् भन्ने -’

‘हजुर, माथिको आदेश छ।’

‘छाड्नुस् माथिको आदेश। प्रधानमन्त्री वा राष्ट्रपतिभन्दा माथि अब को छ ?’

‘हजुर, पूरै माथिको आदेश छ। माथिको आदेश नमानी ब्यूरोक्रेसी कसरी चल्छ – तिनीहरू देशमा सधैँ दशैँ भित्र्याउन र त्यसमा सबैलाई सरिक गराउन चाहन्छन्। यसबाट सबैलाई फाइदा छ रे।’

‘देशलाई फाइदा छैन। देशलाई नहुने फाइदा मलाई चाहिएन।’

‘हजुर, राष्ट्रिय व्यक्तित्वको फाइदा देशकै फाइदा होइन र ?’

‘सचिवजी, बन्द गर्नुस् इन्द्रजाली कुरा। इन्द्रजालले लोकतन्त्र चल्दैन।’

‘हजुर, सत्यनाश हुन्छ। माथिको कडा आदेश छ।’

‘कस्तो ?’

‘औषधि छुटाइदिने, समातिएकालाई छाडिदिने। त्यसपछि………………।’

मन्त्रीले एकपल्ट फेरि हार खायो। हार खाएवापत ठूलो रकम प्राप्त गर्यो।
*****************

झण्डै एक हप्तादेखि देशमा पेट्रोलियमा पदार्थको हाहाकार थियो। मूल्यवृद्धि हुने गोप्य सूचना सरकारले काला व्यापारीहरूलाई दियो। व्यापारीहरूले कृत्रिम अभाव सिर्जना गरे। खाका बनिसकेको मूल्यवृद्धिको प्रस्ताव मन्त्रिपरिषद् वैठकमा राखियो। उसले विरोध गर्यो। राजिनामा गर्ने चेतावनी दियो।

‘हेर्नोस्, यो कसैले रोकेर रोकिने कुरा होइन। राजिनामा गर्ने मानसिकता फिर्ता लिनुस्। तपाईँ गए तपाईँभन्दा धेरै भ्रष्ट आउनसक्छ। आखिर देशलाई नै घाटा हुन्छ,’ प्रधानमन्त्रीले भन्यो।

उसले सोच्यो, हो त, जो आए पनि यस्तै हो। मेरो मात्र के लाग्छ – अन्ततः निर्णयमा सही गर्यो र राजिनामा गर्ने मनसाय फिर्ता लियो।

उसले विरोध गर्ने र हार खाने क्रम चलिरह्यो।

एक दिन मन्त्री, सचिव र उच्चपदस्थ केही अधिकारीको गोप्य सभा चलिरहेको थियो। एउटी सुन्दरी झुल्किई। मन्त्री वशिभूत भयो। मन्त्रीको मुटु छामेर सचिव र अन्य सबै अधिकारी अलप भए। कति भुतुक्क पार्ने खालकी थिई भने मन्त्री आँखा झिमिक्क नगरी हेरेको हेर्यै भयो। मोहनीमय स्वरमा लाज मान्दै सुन्दरीले भनी, हजुर, एकै क्षण आराम गरिस्योस् न ! मन्त्री एकपल्ट आफ्नो क्रान्तिकारिताले झस्कियो। यो कुरा नितान्त गोप्य थियो। ज-जसलाई थाहा थियो, त्यो उसका गोप्य मानिस थिए। प्रेम वा यौनमा दुई जनाको मन मिले कसैको केही लाग्दैन।

मन्त्रीको सेवा गर्ने सुन्दरीहरू अब मौसमजस्तै फेरिन थाले। मन्त्री नयाँ नयाँ स्वादले पुलकित भयो।

*******
अन्याय बोल्नु हुँदैन, ताप्केमा माम्रीजस्तै मन्त्रीको आदर्श रहलपहल बाँकी नै थियो। प्रत्येक बिहान ऊ लोकतान्त्रिक आन्दोलनका चौबीस सहिदका तस्बिरसामु नतमस्तक हुन्थ्यो। त्यसपछि सहिद गेट गएर चार सहिदप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गथ्र्यो। बल्ल उसको दैनिकी सुरु हुन्थ्यो।

एक बिहान अत्यधिक भावविभोर भयो र आँखाबाट आँसु झार्न थाल्यो। सहिदकै कारण त उसले जनताको सेवा गर्ने औसर पाएको थियो ! कुनै दिन ऊ पनि कवि थियो। भावुकता र आँसु त्यहीँबाट निचारेर ल्याएको थियो।

अघिअघि कामदार, सचिव र सुरक्षाकर्मी थिए। पछिपछि मन्त्रीहरू र अन्त्यमा प्रधानमन्त्री। यसो हेर्छ त मन्त्री र प्रधानमन्त्री समेत ऊसँगै हिक्का छाड्दै रोइरहेका छन्। सहिदलाई सम्झेर होला।

सहिदको सालिकलाई फूलमाला पहिराइसकेपछि उसले देख्यो- सहिद त कालो घोडामा सवार छ। घोडामा सवार सहिदको कालो सालिक बेतोडले सिंहदरबारतिर दौडने शान गरिरहेछ। मन्त्रीका आँखा खुले- अरे ! यो त जुद्धशमशेरको सालिक पो रहेछ। यो के हो ? दशरथ चन्द, शुक्रराज, धर्मभक्त र गंगालालको ठाउँमा जुद्धशमशेरको सालिक कसरी ? मन्त्री अचम्मित भयो र थकथक गर्न थाल्यो। बल्ल रुवाइको तार्त्पर्य खुल्यो।

*******

मिस टिन प्रतियोगिता उद्घाटन कार्यक्रममा मन्त्रीलाई पत्रकारहरूले घेरे। यिनीहरूमा तिनै पत्रकारको बाहुल्य थियो जसले मन्त्रीको हास्यास्पद टिप्पणीमाथि खिल्ली उडाएर एंकर समाचार लेखेका थिए। हिरोसिमा, नागासाकीमा अमेरिकी बमजस्तै प्रश्नको वषर्ापछि मन्त्री आँत्तियो। तर, झटपट आफूलाई सम्हाल्यो।

‘मन्त्रीज्यू, साधुलाई शूली, चोरलाई चौतारो भयो नि !’

‘होइन होइन, हामीले साधुलाई नै चौतारा दिएका र चोरलाई शूली चढाएका छौँ। चोरलाई चौतारा दिइएको भए बैंक लुटेराहरू पक्राउ पर्थे -’

‘मन्त्रीज्यू, आन्दोलनका अपराधीलाई दिइएको पुरस्कार के हो त ?’

‘होइन, लोकतान्त्रिक आन्दोलनमा आफ्नो ठाउँबाट सबैले महत्वपर्ूण्ा भूमिका खेलेका छन्। लौ तपाईँ पत्रकारहरू त्यसको खोजी गर्नुस् त !’

‘मन्त्रीज्यू, जुद्धशमशेर कहिलेदेखि तपाईँका आदर्श भए ?’

‘हाम्रा लागि सहिद नै प्रातःस्मरणीय छन्। सहिदका ठाउँमा जुद्धशमशेर स्थापित भएका मात्र हुन्। लोकतन्त्रमा सबैले स्पेस पाउनर्ुपर्छ, नत्र व्रि्रोह हुन्छ। त्यसैले हामीले पनि जुद्धशमशेरको सालिकलाई फूलमाला पहिराएर परिक्रमा गरिदियाँैँ।’

‘मन्त्रीज्यू, केटी बेच्ने दलाल कहिलेदेखि राष्ट्रसेवक भए ?’

‘आदरणीय पत्रकार मित्र, यस्तो अशिष्ट आरोप कृपया फिर्ता लिऊँ। उनीहरू देशभक्त सच्चा उद्योगी हुन् र हाम्रो देशको राष्ट्रिय आयमा तिनको भूमिकालाई बिर्सने धृष्टता गर्न मलाई मेरो नैतिकताले अनुमति दिँदैन।’

‘मन्त्रीज्यू, बलात्कारीलाई छुटाएर फूलमाला पहिराउनु भो नि !’

‘कसले भन्यो – ऊ त सच्चा साधु हो। मसँग प्रमाण छ। परिबन्दले चोरलाई साधु र साधुलाई चोर बनाइदिन्छ। के तपाईँहरूले पुष्करशमशेरको ‘परिबन्द’ कथा पढ्नु भएको छैन ?’

‘मन्त्रीज्यू, अब त दौरा-सुरुवाल नभै नहुने भएछ नि !’

‘दौरा-सुरुवाल हाम्रो राष्ट्रिय पोसाक हो। म यसलाई अत्यन्तै आदरसाथ लगाउँछु।’

‘मन्त्रीज्यू, राजिनामा गर्ने धम्की दिनुभा’थ्यो, दिनु भएन नि !’

‘मैले राजिनामा गरेँ भने मभन्दा धेरै गुणा खराब मान्छे मेरो ठाउँमा आउँछ। यसबाट राष्ट्रलाई हुने हानिको जिम्मेवारी कसले लिन्छ ?’

‘मन्त्रीज्यू, कुनै चलचित्रमा नायकको अफर आए कसलाई नायिका रोज्नुहुन्छ ?’

‘एन्जेलिना जोली त मेरी नायिका बन्दिनन् होला नि हैन, हा˜˜˜हा˜˜˜हा।’

‘मन्त्रीज्यू, कालो बोकाको रगत टेकेर मन्त्री निवास छिर्नुभयो नि ?’

‘शुभकार्यमा बोका काट्नु हाम्रो संस्कृति हो। यो गौरवमय संस्कृति जोगाउन मन्त्रीका हैसियतले विश्व हिन्दू महासंघसँग हाम्रो अनौपचारिक सम्झौता भएको छ।’

त्यसपछिका छड्के प्रश्नको क्षेप्यास्त्र छल्न पत्रकारलाई घचेट्दै मन्त्री अगाडि बढ्यो र चिल्लो कारमा हुइँकियो।

*******
मन्त्री अपहरित भयो। धेरैपछि मात्र ऊ स्वयंले यो थाहा पाएको थियो। व्रि्रोही वा सरकारबाट र्सवसाधारण अपहरित भएको त प्रशस्त सुनिन्थ्यो, मन्त्री अपहरित भएको घटना पहिलो पल्ट आफैँ झेलिरहेको थियो। हरबखत उसको आँखामा पट्टी कसिन्थ्यो। हो, कार्यालय र औपचारिक कार्यक्रममा जाँदा भने हटाइन्थ्यो। तर, ऊ जे-जे बोल्थ्यो, जे-जे गथ्र्यो, सबै अपहरणकारीकै आदेशमा मात्र गथ्र्यो।

सुरुमा त निकै असहज महसुस गरेको थियो। चाँडै नै ऊ अभ्यस्त भयो। अलि पछि कस्तो भयो भने अपहरणकारीको निर्देशनबिना स्वतन्त्र निर्णय गर्नै नसक्ने भयो। मुख्य कुरा, उसलाई आफ्नो यो बन्धन फुत्कनै मन नलाग्नेगरी प्रिय लागिरहेको थियो।

(स्रोत : Mysansar)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.