कविता : हे ! गाउँघर

~छविलाल कोपिला~chhabilal-kopila

हे ! गाउँघर, आऊ तिमी
प्रत्येक गाउँ–गाउँ र घर–दैलोमा
नव उत्साह, जोस र उमंग लिएर
त्यस्तै नव–सुवास र नव–रंग लिएर,
अनि, प्रत्येक मानिसहरुको हृदयमा
विकास र उन्नतिको कोसेली लिएर
र ज्ञानको दियालो बालेर आऊ ।
.
आऊ मेरै गल्लीको कुना–काप्चामा
विकृति र विसंगतिको जंजीर चुँडाल्दै,
समाजका थुप्रै बाधा र अड्चनहरुलाई पन्छाउँदै
अनि, गाउँ–गाउँमा परिवर्तनको आवाज उठाउन
हातमा बत्ती लिएर आऊ ।
.
आऊ तिमी,
गरीब, अशिक्षाको झुपडी–झुपडीमा
बुद्धि, विवेक र चेतना लिएर
निःसहाय, अवलाको दुःख–पीडा बोकेर
अनि, आऊ नाङ्गो धर्तीमा
यो धर्ती सुहाउने सृजनशील हरियाली लिएर
अनि, यही हरियालीमा थुप्रै कलिाला कोपिलाहरु
र थुप्रै फूलका थुङ्गाहरु बीच सुवास लिएर आऊ
अनि, सु–मधुर सुवास संगै फिजाइदेऊ, सुनाइदेऊ
गाउँघरका यी मूल सन्देशहरु ।

(२०५५ साल असार २६ गते गाउँघर साप्ताहिक)

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.