~कुमार काफ्ले~
-भाषाविद्हरू स्पष्टरुपमा दुई खेमामा विभक्त भएका थिए।
-एकथरि भाषाको हिज्जे साविककै कायम हुनुपर्ने पक्षमा थिए।
-अर्काथरि भाषाले सरलताको बाटो खोज्छ भन्दै वर्णविन्यासको साविक रुपलाई बदलेर प्रयोग गर्न थालेका थिए।
-भाषाविद्हरूको विवादले नेपाली भाषा अल्मलिरहेको थियोे।
-जसले जसरी जस्तोरुपमा लेखेपनि एकथरिको नजरमा ठीक र अर्काथरिको नजरमा गलत देखिन थाल्यो।
-भाषाका सामान्य प्रयोगकर्ता,सिकारु र कलिला विद्यार्थी नेपाली भाषामा शब्दहरू जसरी लेखेपनि हुनेरहेछ भन्ने बुझ्न थाले।
-विद्वानहरूको जुँगाको लडाइँले ऐतिहासिक नेपाली भाषा मरणासन्न अवस्थामा पुग्यो।
-दुवैथरि विद्वानहरूलाई समयले कठघरामा उभ्यायो तर त्यतिबेला भाषाको श्वास घिटिघिटि मात्र बाँकी रहेको थियोे।
– ओखलढुंगा।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)