~कोमलप्रसाद पोखरेल~
१. परिचय
कृष्णबहादुर पराजुली र नर्मदा पराजुलीका पुत्ररत्नका रूपमा झपाको शिवगन्ज ८ मा जन्मिएका हिरा पराजुली (२०१० फागुन १० गते ) को स्थायी वसोवास भानु नगर भद्रपुरमा रहेको पाइन्छ । उनको साहित्यिक नाम चाहिं हिरा आकाश हो । यिनी आङ्खनो स्वाभिमानमा बाँच्न चाहने कवि हुन् । बाँचुन्जेल यिनी कसैसँग झुकेनन् । यिनलाई एकान्तपिय्र व्यक्तिका रूपमा पनि चिन्न सकिन्छ । यिनी सम्पत्तीमा खुशी र विपत्तीमा दुःखी नहुने कवि हुन् । यस विषयमा भनिएको छ :
संपत्ताै च विपत्ताै च महतामेकरूपता ।
उदये सविता रक्तो रक्तश्चास्तमये तथा (महाभारत)
आकाश जस्तै गम्भीर प्रकृतिका हिराको स्वभाव अरू कसैसँग नमिल्ने रहेको पाइन्छ भने उनको अधिकांश समय पनि कविता लेखन र साहित्यको अध्ययन मननमा नै बितेको देखिन्छ । भनिएको छ ड्ड
काव्यशास्त्रविनोदेन कालो गच्छति धीमताम् ।
व्यसनेन च मूर्खाणाम् निद्रया कलहेन वा (सुभाषित पद्य) ।।
अर्थात् बुद्धिमान्/विद्वान् व्यक्तिको समय काव्यशास्त्रको चर्चा परिचर्चामा व्यतीत हुन्छ भने मूर्खको समय चाहिं दुर्व्यसन, सुत्ने काम र झगडामा व्यतीत हुन्छ ।
२. कविता लेखनको प्रारम्भ र विकास
२०२७/२८ तिरदेखि कविता लेखन प्रारम्भ गरी फाट्ट फुट्ट रूपमा कविताको सिर्जनामा लागेका आकाश २०३० देखि पूर्ण रूपमा यसमा लागेको देखिन्छ । उनी भोक कविता आन्दोलन (२०४०) का सक्रिय अभियन्ता मानिन्छन् । कुनै आङ्खनो मन परेका कविको कृतिभित्रबाट एक हरफ झिकी सिङ्गो कविता निर्माण गर्ने कार्यमा उनी सशक्त रूपमा लागेको पाइन्छ । उनका विचारमा यस किसिमको प्रयोग दर्जीवाद हो । ४० को दशकदेखि आकाशको कवित्त्व शक्ति उर्वर भएर अघि बढेको पाइन्छ । यस अवधिका उनका कवितामा भावुकता, आत्मपरकता, सौन्दर्यात्मकता, सङ्गीतात्मकता जस्ता पिशेषताहरू पाउन सकिन्छ ।
३. विविध व्यक्तित्वका रूपमा हिरा आकाश
३.१ सम्पादक व्यक्तित्व
२०४२/४३ सालमा आकाशले भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिक पत्रिकाको सम्पादक भएर काम गरेको देखिन्छ । पत्रिकाको स्तम्भ लेख्ने जस्तो जटिल कार्यमा पनि उनी संलग्न रहेको पाइन्छ । उनी हिजो आज, साप्ताहिक विचार, विवेचना, जस्ता पत्रिकाको नियमित स्तम्भकारका रूपमा परिचित छन् । उनको स्तम्भ लेखाइ कवितात्मक प्रकृतिको देखिए पनि सरल र सहज थियो ।
३.२ समाजसेवी व्यक्तित्व
हिरा आकाशले विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेर समाज सेवा गरेका छन् । यस क्रममा उनले मन्थन झापाको संस्थापक अध्यक्ष भएर सेवा गर्नुका साथै प्रगतिशील लेखक संघ, झपाको प्रथम तदर्थ समितिको सचिव भएर काम गरेको देखिन्छ । यिनबाहेक नेपाली साहित्य विकास समिति, झपा र महानन्द पुरस्कार समिति, झपाको कार्य समितिमा पनि उनको सक्रिय सहभागिता र योगदान रहेको छ ।
३.३ कर्मचारी व्यक्तित्व
हिरा आकाशले धेरै वर्षसम्म कृषि विकास बैंकमा सेवा गरे । आङ्खनो सेवा अवधिभर उनले कुनै अनैतिक काम गरेको पाइँदैन । धन कमाउन चाहेका भए उनले प्रशस्त धन कमाउन सक्थे, तर उनले धनलाई भन्दा मानलाई बढी प्राथमिकता दिएको देखिन्छ । नीतिले भन्छ ड्ड
अधमा धनमिच्छन्ति धनं मानं च मध्यमाः
उत्तमा मानमिच्छन्ति मानो हि महतां धनम् । (चाणक्य)
(अर्थात् अधम खालका व्यक्तिहरू धन (मात्र) चाहन्छन््, मध्यम खाले व्यक्तिहरू धन र मान दुबै चाहन्छन्, (तर) उत्तम वर्गका व्यक्तिहरू मान (मात्र) चाहन्छन्, किनभने मान नै ठुलो धन हो) ।
आकाशका बारेमा कृषि विकास बैक, चन्द्रगडिका तत्कालीन प्रबन्धक प्रकाश दहालको विचार यस्तो छ ड्ड
आकाश जस्तै खुला मन भएका हिराले मेरो प्रशासकत्वमा निकै वर्ष काम गरे । मेरा अनुभवमा उनी इमान्दार तथा कर्तव्यनिष्ठ कर्मचारी हुन् । उनले कुनै किसिमको अनैतिक कार्य गरेको मलाई थाहा छैन । काम नभएको समयमा चाहिँ कार्यालयभित्र पनि उनी कविता लेखन कार्यमा संलग्न रहेको मैले धेरै पटक देखेको छु । सो कार्यले कार्यालयकाे काममा कुनै विघ्न वाधा परेको कुरा भने मेरा स्मृति पटमा छैन । समग्रमा उनी योग्य कर्मचारी हुन् ।
३.४ कवि व्यक्तित्व
हिरा आकाश झापाली साहित्याकाशका उज्वल नक्षत्र हुन् । छायामा परेता पनि नेपाली साहित्यलाई थोरै तर उत्कृष्ट सिर्जना दिने कविहरूका श्रेणीमा उनी अग्रणी मानिन्छन् । वास्तवमा धेरै भुस हुनुभन्दा थोरै चामल हुनु धेरै राम्रो हो ।
संसर्गजा दोषगुणा भवन्ति,
हाम्रा देशका ठुल्ठुला कवि लेखकहरूमा उपर्युक्त शिक्षप्रद उक्ति लागु भएको छ । यसको सामान्य अर्थ हो संसर्गबाट दोष अथवा गुणको सृष्टि हुन्छ ।
महाकवि देवकोटामा एक मात्र दोष थियो । अरू सबै गुणैगुण थिए । त्यो एउटा दोष हो धुम्रपानको नराम्रो लत । त्यो लत उनले साथीसँगीको सङ्गतबाट प्राप्त गरेका थिए । अन्त्यमा उनको मृत्युको कारक पनि त्यही धुम्रपान नै बन्यो, यो कुरा हामी सबैलाई थाहा छ ।
दबिन्छ गुणीको दोष गुणका रासमा परी
कवि शिरोमणि लेखनाथको उपर्युक्त कवितांशझैं गुणका रासमा देवकोटाको एउटा दोष स्वतः हराएको छ । हरिभक्त कटुवाल, विष्णु नवीन, कृष्णभूषण बल जस्ता सर्जकहरूका संसर्गजनित दोष पनि रश्मिले चन्द्रको दाग दबाएझै नै भएका छन् ।
कवि हिरा आकाश उपर्युक्त सर्जककै कोटिका व्यक्तित्व हुन् । मौरीले फाेहोरको सेवनबाट पनि अमृत ओकलेझै अत्यधिक मापसेको प्रयोगबाट सुन्दर कविता ओकल्ने विष्णु नवीन, हरिभक्त कटुवाल जस्ता कविहरूको दोष् यस धर्तीमा नरहेझैं हिरा आकाशको दोष पनि उनको पार्थिव शरीरसँगै जलेर सकिएको छ । गुण मात्र मगमगाउँदै छ नेपाली साहित्याकाशमा । मिठो खाएर दुर्गन्ध छाद्ने तथाकथित नेता भनाउँदा मान्छेभन्दा आकाश धेरैधेरै माथि छन् सगरमाथाको टुप्पोभन्दा पनि धेरै माथि ।
कवि आकाश जे देख्छन् त्यही लेख्छन् । महात्माहरू यसै गर्छन् । संस्कृत उक्तिले भन्छ ड्ड
मनस्येकं वचस्येकं कर्मण्येकं महात्मनाम् ।
मनस्यन्यद् वचस्न्यद् कर्मण्यन्यद्दुरात्मनाम् ।।
(अर्थात् महात्माहरूको मन, वचन र कर्ममा एउटै क्रियाकलाप हुन्छ भने दुरात्माहरूको मन, वचन र कर्ममा बेग्लाबेग्लै क्रियाकलाप हुन्छ ) ।
उनी प्रगतिशील फाँटका शान्तिप्रिय कवि हुन् भन्ने कुरा तलको कविताले देखाउँछ ड्ड
मेरो बुद्धको समाधिस्थ घरमा
कसैले डढेलो नझोसिदेओ !
म सुन्दर ! म शान्त ! ! म स्निग्ध ! ! ! (आगोका स्वरहरू, पृष्ठ ३५)
वास्तवमा शान्ति र क्रान्तिको उपयुक्त समायोजन गरेर कविता लेख्ने कवि साहित्यकारहरू थोरै हुन््रछन् । कोही क्रान्तिमा अन्नाधुन्न बहकिन्छन् त कोही शान्तिको माला हातमा लिएर पशुवत् निरीह बन्छन् । तर हिरा त्यस्ता कवि हुन्, जसका कवितामा शान्ति र क्रान्तिको उपयुक्त समायोजन पाइन्छ । यसबाहेक माथिको कवितामा देशप्रेम पनि मुखरित भएको छ । यहाँ क्रान्तिको खोक्रो नारा उरालेर बुद्धको देश नेपाललाई अस्तव्यस्त बनाउन खोज्ने तथाकथित नेतालाई इङ्गित गर्न खोजेको देखिन्छ ।
कवि हिरा आकाशले मानसिक पीडा, प्रशासनिक भ्रष्टाचार, दुराचार, समस्याग्रस्त मानव जीवनका जटिलता जस्ता कुरालाई आङ्खना कवितामा समावेश गरेका छन्र ।
राष्ट्रमा व्याप्त विकृति र विसङ्गतिको यथातथ्य चित्रण र सोको उन्मूलनको शङ्खनाद गर्ने हिरा आकाशका कवितामा मानवीय शान्तिका लागि क्रान्तिको उद्घोष पाएन्छ । यिनी प्रकृतिक बिम्बलाई सरल, सहज र स्वाभविक रूपमा प्रयोग गर्न रुचाउँछन् ।
हिरा आकाश विशेषतः आङ्खना कवितामा लोकबिम्बको प्रयो गर्न रुचाउँछन् ।
लोकसाहित्य, स्ांस्कृति, लोकमान्यता लोकविश्वास आदिको प्रतिबिम्बन भएका दन्त्यकथात्मक, जादुपरक र कहीं कहीं पौराणिकताको समेत झझल्को दिने बिम्बहरूलाई लोकबिम्ब भनिन्छ गौतम (२०६० ः २३) ।
यसरी हेर्दा आकाशका अधिकांश कवितामा लोकबिम्बको प्रयोग भएको पाइन्छ । लोकबिम्ब प्रयोग भएको एउटा कवितांश हेरौै ः
तिमी अँध्यारोमा दन्त्यकथाको राक्षसलाई बौराएर
नानीहरूलाई नतर्साऊ…
बरू तिमी गीत कथा भन…
(नानीहरूलाई ः समकालीन नेपाली कविता, पृ. ३४४) ।
यसरी हेर्दा प्रगीतात्मक संरचनामा संरचित आकाशका कविताहरूमा एउटै केन्द्रीय भाव वा विचारको वर्तुलित रूप पाइन्छ । यस अतिरिक्त उनका कवितामा संक्षिप्त विषयगत कथन, विशिष्ट कल्पना, श्रुतिमधुरता, गेयात्मकता जस्ता विशेषता पनि पाइन्छन् र तिनबाट जुनसुकै खाले पाठक पनि प्रभावित नभएर रहन सक्दैनन् ।
४.उपसंहार
हिरा आकाश पछिल्ला पुस्ताका सशक्त कवि मानिन्छन् । उनी सामाजिक यथार्थवादी कविका रूपमा परिचित छन् । सामाजमा हुने गरेका शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार जस्ता विसङ्गत विषयवस्तुहरूलाई उनले आङ्खना कवितामा स्थान दिएका छन् । उनका कवितालाई हेर्दा उनी धरतीको सुन्दर भविष्य विर्माण गर्न र मानवीय मूल्य स्थापना गर्न लालायित देखिन्छन् । यसबाट उनी मानवतावादी कविका रूपमा पनि प्रतिष्ठापित भएका छन् । सरल र सहज बिम्बप्रतीकको प्रयोग भएका आकाशका कविताहरू सहज र सम्पे्रष्य छन् ।
सन्दर्भ सूची
गौतम, लक्ष्मणप्रसाद (२०६०), समकालीन नेपाली कविताको बिम्बपरक विश्लेषण, ललितपुर ः साझा प्रकाशन ।
भट्टराई, घटराज (२०५६), नेपाली लेखक कोश, काठमाणौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
लुइँटेल, डा. खगेन्द्रप्रसाद (२०६०), कविता सिद्धान्त र नेपाली कविताको इतिहास, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
सुवेदी, डा.अभि र अन्य (सं. २०५५), समकालीन नेपाली कविता, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
(स्रोत : रचनाकारको ब्लगबाट सभार)