~नारायण पोखरेल~
हो म बौलाहा कवि हुँ ,
मेरा नशाना मा डौडिरहेका छन्
बौलाहारुपी रगतहरु ,
आफै भित्र रमाउने मान्छे ,
अरुका ईच्छाहरु नबुझ्ने ,
हो म अन्तरमुखी बौलाहा हुँ !
कसैको दुख ,
कसैको सुख नबुझ्ने ,
कसैको लोभमा नफस्ने
कसैको प्राप्तीमा नबस्ने ,
एउटा अटल स्वभाब भएको
हो म बौलाहा कवि हुँ !
कहिलेकाहिँ आफैलाई चिथोर्छु ,
कहिले कलमलाई ,
कहिले छाति पिटेर रुन्छु
त कहिले नोटबुक लाई !
कहिले आफ्नै सर्तमा हिड्छु
त कहिले भावना लाई हिडाउँछु !
कसैको भलो कुभलो नसोँच्ने ,
आफ्नै मस्तीमा बगिरहने ,
कुनै पनि स्पर्शको प्रभाव नराख्ने ,
हो म बौलाहा कवि हुँ !
चुरोटको धुँवामा उड्न चाहने ,
रक्सीको गन्ध र
त्यस्को मात मा रम्न चाहने ,
कसैको बारेमा चासो नराख्ने ,
कोहि स्त्रीको यौवनमा नभुल्ने ,
दाह्रिको झांग मा डुल्न रुचाउने
शब्दहरुमा जिउने ,
हो म बौलाहा कवि हुँ !
भिड मा भन्दा भट्टिमा बस्न रुचाउने ,
दाउराको धुँवा भन्दा
चुरोटको धुँवामा उड्न रुचाउने ,
हो म बौलाहा कवि हुँ ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)