कथा : सुनामी सन्देश

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

एकादेशमा एक बडा प्रतापी राजा थिए । उनका शिशिर बसन्त नामका दुई राजकुमार थिए । रानी पनी परम सुन्दरी थिईन । राजा र जनता बिच परस्पर राम्रो सम्बन्ध थियो । देशमा खुसी थियो, शान्ती थियो । एक दिन राजा…….धत् ! यो त तपाईले सुन्नुभएको कथा पो हो त, शिशिर बसन्तको कथा । आउनुस् आज केही नयाँ सुनौं । केही नयाँ किस्साहरु सुनाउँछु तर माफ गर्नुहोला एकादेश को परम्परालाई तोड्दै ‘यसै देशमा’ बाट सुरु गर्न चाहाँन्छु । आज्ञा भए अगाडी बढ्ने थिँए ।

“सुनामी, अब नेपालमा पनी सुनामी । जापान पछी अब नेपालमा सुनामी”, ब्यस्त सडकको बाँया पेटी तिर काखीमा अखबारको बिटो बोकेको एउटा फुच्चे कराउँदै थियो ।

“सुनामी, नेपालमा पनी सुनामी…” त्यो सानो केटा त्यसरी नै कराउँदै थियो ।

म घण्टाघरको देब्रे पट्टी बाट सरासर घरतीर लम्कीने प्रयासमा थिए । मोटरको टाँईटँुई आवाजले त्यो केटाको ठुलो स्वर पनी सानो मलीनो सुनीएको थियो । म जिल्ल परे । कखरा सिके देखी नै बुझ्न थालेको थिए नेपालमा समुन्द्र छैन । भुपेरिबेष्ठीत राष्ट्र । दुई ढुङ्गा बिचको तरुल । अनी फेरी कता बाट सुनामी, म चकीत परेर त्यही बोलीको लहर लाई पटक पटक समाउने प्रयास गर्दै थिए । म बाटो काटेर देब्रे तिर त्यही केटा छेउ तिर लागे । बोली अब अली प्रष्ट थियो ।

“सुनामी, नेपालमा सुनामीको खतरा” एक छिन लाग्यो कठै! मेलम्ची त पस्न थालेन काठमाडैंमा (हामी लाई थाहा छ नेपाल मात्र काठमाडैं हो ) . होईन मेलम्ची कसरी हुन सक्छ त्यो त सम्भबै छैन । मैले आफैलाई रोकें । सन्ध्याकालीन अखबारहरुमा छापीने यिनै यस्ता खबरहरु वा अफबाह ले बिक्छन यिनीहरु । लाग्यो यस्तै कुनै तिल छापीयो होला जसलाई पेलेर तेल निकाल्दै छ यसले । खाली दिमाग सैतानको घर, पढे पो बुझीन्छ, मनमनै गुन्दै थिए तर त्यो कीनी हाल्ने आँट गरेको थिईन । पटक पटक यस्ता रमाईला चुटकीलारुपी अखबारे हेडीङ बाट म ठगीएको थिए त्ससैले पैसा हाली हाल्ने आँट गरीन । बिथ्थामा कसले पो पैसा खर्च गर्छ । नेपालमा सुनामी आउन सक्ने सबै सम्भाबनाहरु लाई खोतली सकेको थिए । कुनै त्यस्तो बिकराल परीस्थीतीलाई झट्ट आँकलन गर्न सकेको थिईन । एक चक्कर कोशी तिर पनी हानीए तर बर्खा नलाग्दै त्यो कसरी फुट्ला र हुन सक्छ यही पनी सुनामी होस् तर आफुलाई चित्त बुझ्दो जवाफ कतै पनी पाँउला जस्तो लागेन । मैले अखबार शरणम् भन्नै पर्ने भयो । मैले अन्तमा अखबारको त्यो पन्ना हेर्ने नै बिचार गरे जहाँ सुनामीको हल्ला ठुला ठुला अक्षरमा लेखीएका होलान्, मैले अनुमान लगाए ।

यो खबर मैले पत्याई हाल्नु पर्ने पनी थिएन तर सुनामी लहर बिकराल भएर मलाई छोप्दै थियो । बिचारहरु र सम्भाबनाहरु ले दशगजा काट्न थालीसकेको जस्तो लाग्यो । बिना अनुमती आफ्नो सिमाना काट्टनु भन्दा पाँच रुपैया खर्च गर्नु सानो कुरा लाग्यो । घण्टाघरको सुई ९० डिग्रीको कोणमा बटारीएको थियो । घण्टाको ठ्वाङ्ग ठ्वाङ्ग आवाजले मलाई सुनामी तरङ्ग बाट ब्युँउताईदियो । म त्यो केटालाई भेटाउन पैया मार्दै पुगे । खल्तीबाट पाँच रुपैयाको झुत्रो नोट निकालेर केटा तिर सोझ्याई दिए । केटाले पक्क परेर हेरेको देख्दा लाग्यो मैले दिएको पाँच रुपैयाको कागजी नोटलाई सायद समाजबाद र माओबाद संझीयो होला । जसलाई पचाउन मुस्कील भए झै गरी घुटलुक्क निलेको थुक घाँटीको रुद्र घण्टी पार गर्दै थियो ।

“भाई एउटा पत्रीका ल्याउ त” फिस्स दाँत देखाईदिए । त्यो केटाले जिल्लीएर मलाई हेरेको देख्दा लाग्यो उसको सामु म अलख निरञ्जन गर्दै छु मानै उदारोमा भिख माग्दैछु । त्यो केटाको अनुहारमा मन्द हाँसो देखीयो ।

“दाई पत्रीका लिनुहुन्छ ?” मैले दिएको झुत्रो नोट खल्तीमा हाल्दै उसको हातमा भएको पत्रीका मेरो हात मा राखीदयिो ।

म दङ्गदास परे । अमेरीका बिरोधी कुनै गोप्य सुचना ह्याक गरेझै मेरो अनुहारमा चमक देखीयो । सुनामीको चुरो के हो पत्ता लगाउनु थियो । अखबारको पन्ना फटाफट पल्टाउन थाले । त्यो केटा काखी मा च्यापेको पत्रीकाको मुठो बाट एउटा पत्रीका हातमा लिदै कराउन थालीसकेको थियो । “सुनामी, सुनामी..” मैले त्यो केटालाई अर्को किनारा तिर लाग्दै गरेको हेरे । त्यो रत्नपार्कको भिडमा रुमल्लीएर मेरो आखाँ बाट पार भयो ।

सुरैले फेरी पत्रीका हेर्न थाले, प्रत्येक हेडलाईनलाई दोहराएर पनी पढे तर सुनामीको सु पनी नलेखीएको देख्दा पुर्परे फेरी तातेर आयो । मैले त्यो केटा लाई संझीए । रुद्र घण्टी पार गर्दै गरेको थुकलाई संझीए जुन माओबाद र समाबाद बाट तर्सीएर होईन झुठ बिकेकोमा आत्तीएको रहेछ । गाँठी कुरा के हो पत्ता नलागे पनी अरु खबरहरु तिर दैडीए । मध्यपृष्ठ तिरको एउटा शिर्षकले आखाँ तान्यो । ‘जेठ १४ पछी के होला ?’ आजकाल नाम चलेको पढ्न हुने यही खबर देखीन्थ्यो । म रनथनीएर त्यही पड्न थाले, लेख कुनै नाम नचलेको पत्रकारको थियो क्यार । यस्ता खबर पढ्दा म कहीले रमाएको थिईन तर बास्तबमा आज यसले मलाई चाहीने भन्दा बडी खुसी दिलायो । त्यती रमाए जती त नेपालीहरु संबीधान बने पश्चात पनी देखीदैन थिए होला । प्रकाशीत खबरको अन्तीमको

केही अशं —…जनताको चिन्ताको बिषय थपेको समयमा संबीधना बन्ला की नबन्ला मा भन्दा पनी जेठ १४ पछी के नेपालमा पनी सुनामी देखीएला त भन्ने छ । प्रश्नको उत्तर दिने बेला नजीकीएको छ ।

अहो ! त्यो केटाको सानो उमेरलाई संझीए । जे होस् त्यसको चलाकीले कती लाई अलमलायो होला, रुमल्यायो होला, सुनीमीको डरमा दैडायो होला । सधै जसो म यस्ता अखबार किन्दा ठगीने सर्बसाधारण आज नठगीएको अनुमान लगाँए । गलेको पाँच रुपैयाको पुर्ण सदुपयोग मा सन्तुष्ट भए । मैले त्यो बालक लाई संझीए । त्यसको दबीएको हाँसोलाई संझीए । के त्यस भित्र पनी सुनामीको शंका थियो त ? फेरी त्यस फुच्चेलाई हेर्न यताउती आँखा लगाए । तर त्यो त कतै भिडहरुमा गएर कराउँदै थियो होला । “सुनामी, अब नेपालमा पनी सुनामी, जापान पछी अब नेपालमा…..” ।

एकादेशबाट सुरु गरीए सुन्ने लाई सुनको…..भन्ने चलन थियो तर मैले त्यो याबत परम्परमलाई तोडी सकेको हुनाले त्यो भनी रहनु नपर्ला ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.