~रवि प्राञ्जल~
तिमिले सम्झ भनेकि थिएनौ
न मैले नबिर्सने बाचा गरेको थिए
बिना कारण , बिना सर्त
तिमिलाइ सम्झी रहनु आदत बनेकोछ
जब म तिमिलाइ नसम्झिने प्रयत्न गर्छु
ठिक त्यही समय देखि
दुनियाको हरेक चिज मेरो विरुद्धमा जुट्छन
जस्तो कि किरण
तिम्रो चमक लिएर उदाउछ
जस्तो कि हावा
तिम्रो सुगन्ध लिएर महकिन्छ
जस्तो कि बर्सात
तिम्रो आभास दिलाएर बर्सन्छ
जस्तो कि फुल
तिम्रो प्रतिरुप शृङ्गारेर फुल्छ
याद त यसरी आइ दिन्छ
जसरी निमन्त्रणा नदिइ आउँछ
युवतिको जवानिमा बैंश।
जसरी एवम रितले आउँछ
बसन्तमा खुसियालि मौसम।
याद त यसरी आइ दिन्छ
जसरी आग्रह नगरि तप्किन्छ
उषामा पात बाट सबनम।
जसरी अबिरल बग्छ
हिमालको काखबाट नदि।
प्रीया! तिमी अनुमती दिन्छ्यौ भने
तिम्रो याद आउछ कि आउदैन
म यो सास रोकेर परिक्षण गरुँ?
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)