~चेरेहामसो क्याबा~
कसैलाई शुभकामनाको डोको लिएर
कसैलाई ऋणैऋणको पोको लिएर
कसैलाई उमंगको सौगात लिएर
कसैलाई ब्याजमाथि स्याजको भारी बोकाएर
कसैको लागि मीठो खाना
कसैको लागि नयाँ नाना
बनेर, शरदमासमा
खुलेको आकाशसित हाँस्दै हाँस्दै
फुलेको सयपत्रीसित साइनो गाँस्दै
सवैलाई साविककै कोसेली
एक एक चिम्टी टीका र
एक एक सुइरो जमरा बाँड्दै
अर्काले पालीराखेको
खसी, कुखुरा, हाँस,राँगा, सुँगुर देखेर
ओँठ लट्कार्दै लट्कार्दै
जिब्रो फट्कार्दै फट्कार्दै
वर्षै पिच्छे बरालिदै बरालिदै
फर्की फर्की आउँछ दशैं
बाली खान पल्केको बोका जस्तै ।
चेरेहामसो क्याबा
खिँची निभारे, ओखल्ढुंगा
September 11th, 2011
(स्रोत : Sunuwar.org)