~नवराज पोखरेल ‘पाखेली’~
मैले उसलाई पहिलो पटक पशुपतिनाथ को मन्दिर मा भेटेको थिए ! “सर एउटा पत्रिका हेरौन एक दम ताजा समाचार छ मात्र दुइ रुपैया !!”
उसले अनुरोध गरेको थियो मलाइ पहिलो पटक पत्रिका किनिदिन ! मेरो जागिरको पहिलो दरवन्दीनै राजधानी परेको थियो म काठमाडौँ जागिर खान आएको पनि त्यस्तै चार महिना जति भा’को थियो क्यार प्राय म बिहान बेलुकी पशुपति घुम्न निस्किन्थे ! त्यस दिन पनि म सधै झैँ कैलाश डाडामा बसेर घाम तापिरहेको थिए ! माघ महिना थियो बेलुकीका घामलाइ अँगालो मारेर बसेको थिए म ! कालो रंगको भुवादार ज्याकेट अनि उनिको कालै टोपी र हातमा पन्जा लगाएको थियो देव्रे हातमा पुरानो पुरानो घडी पनि थियो उसको ! उ मेरै छेउमा आएर बस्यो अनि फेरी अनुरोध गर्यो “सर एउटा पत्रिका हेरौन एक दम ताजा समाचार छ मात्र दुइ रुपैया !!” म खिस्स हाँसे “हो र किनिदिनुनै पर्ने ..म संग त पैसा छैन त साथी फिरिमा हेर्न मिल्दैन ?” मैले उसलाई जिस्क्याए ! “मिल्छ सर मिल्छ एकदम मिल्छ ..अब त झन् मिल्छ तपाइले मलाइ साथी भन्नु भो साथी बनाउनु भो भने एउटा साथीले अर्को साथीलाई दुइ रुपैयाको पत्रिका दिन के को आइतवार नि !”- उ निकै रौसियो !”हुन् न त हो तर सबैले यसै भने भने नि के गर्छौ सबैलाई साथी बनाएर सितैमा बाड्दै हिड्छौ ?”-मैले फेरी उसलाइ जिस्क्याए ! ” कहाँ त्यस्तो हुनु सर अहिलेको जमानामा म जस्तो सडकछाप अनि पत्रिका बेची हिड्नेलाई कसले साथी बनाउछ नि ..सबै तपाइँ हुदैनन् नि सर !”-उ निकै उत्साही देखिन्थियो !”ल ल ठिक छ आज देखि तिमि र म साथी भयौ तर एउटा शर्तमा यो बापत प्रत्येक दिन एउटा पत्रिका पढ्न दिनुपर्छ मलाइ मन्जुर !” उसले पक्का गर्यो !
“अनि घर कहाँ हो नि साथीको ?”- “रोल्पा हो सर मेरो घर म मगरको बच्चा हु ..तिन महिना भो आएको काम खोज्न तर केहि पाइएन अनि थाले यहि काम तर राम्रै छ सर दिनमा असि रुपिया कमाउछु अहिले सम्म तिन हजार घरमा पठाईदिए !”-उ गर्बका साथ बोल्यो !
“अनि घरमा को को छन् नि ?”
“बा आमा त मरेहाले सर उही पुतली छे अनि एउटा छोरो छ ..अहिले एक वर्ष को पो हुनलाग्यो..सारै राम्रो छ गोरो बाहुनको बच्चा जस्तो..घरि घरि त अर्कैको पर्यो कि जस्तो लाग्छ “-उ खुब हस्यो !
“ए अनि घर कहिले जान्छौ त ? याद आउदैन त परिवारको ?”-मैले सोधे !
“आउछ नि सर तेही भएर र यहा पत्रकारको काम गर्दैछु नि “-उ फेरी गर्विलो शैलीमा बोल्यो !
“हँ पत्रकार ..तिमि पत्रकारपो हौ ?”-मैले प्रश्न राख्न नभ्याउदै उ खुब हास्दै बोल्यो !
“हो नि सर यसको पनि छुट्टै कथा छ ..म काम खोज्दै हिडेको केहि काम पाइन अनि सुरु गरे यो ! पछी यस्तै साथी हरु संग भेट भो अनि उनि हरुले मलाई पनि संगै बसौ भने अनि म पनि उनि हरु संगै लागे अनि त ….”-उ मरी मरी हास्न थाल्यो !
“अनि के भो त ?”
“अनि सर त्यो घरबेटी ले निक्कै हपार्यो म बस्न दिन्न तिमि हरु तिनजना पहिले एक्लै बस्छु भन्यो अहिले दिनै पिच्छे मान्छे बोकेर आउछ यो मेरो घर धर्मशाला हो ..आजै निस्केर जाउ भन्न थाल्यो !”
“ए अनि …?- मलाइ पनि निक्कै रौस्यायो उसको कुराले !
“अनि त सर मेरो साथीले मलाइ यो मेरो साथी पत्रकार हो घरबेटी बा भनेर भन्यो ..त्यसपछी त बुढो चुप ..अहिले त बिहानै आएर पत्रकार बाबु चिया खानु भो ..अनि के छ हालखबर भन्छ म पनि भनि दिन्छु दुइचार वटा खबर ..अनि त बुढो मख्खै !”
म पनि खुब हाँसे “सारै रमाइलो भएछ है उसो भा त ?”
“हो नि सर !!!” उसले यसो घडी हेर्यो अनि बोल्यो ” ल ल सर भोलि पनि यहि आउनुहोला..ए साँची मेरो नाम सुन्दर हो है सर ..ल सर नबिर्सनु होला !”
उ खबर बेच्न तिर लाग्यो ! त्यसपछी करिब २ महिना सम्म उसको र मेरो नियमित भेट भै रह्यो ! उ मेरो राम्रो साथी बन्यो ! धेरै रमाइला र मिठा कुरा गर्थ्यो उ ! लगभग तिन महिना पछी उ भोलि घर जादैछु सर भन्थ्यो ! त्यसपछी उ संग मेरो भेट भएन !
******************************************************************************
“नमस्ते छ है मोहन सर ..अनि आराम हुनुहुन्छ ?”-एउटा पुरानो सुने सुने लागेको आवाज नजिकै बाट आयो मैले पुलुक्क हेरे !
“अनि के छ सर हाल खबर चिन्नु भो ..धेरै भो है भेट न भा’को मैले त तपाईलाई धेरै खोजे नि सर तपाइको डेरामा पनि गएको थिए तर तपाइँ त सरुवा भएर जानु भएछ “- उ निरन्तर बोलिरह्यो !
एउटा गोलो चेहेरा निकै उच्च ओहोदाको झैँ लाग्ने त्यो मानिस निरन्तर मलाइ हाल खबर सोधिरहेको थियो ! उसको लवाइ खवाई अनि उसको अघि पछि लागेका मान्छे देख्दा लाग्थ्यो उ कुनै मन्त्री हुनुपर्छ ! उ मेरो नजिक निकै मज्जाले हाँसेर आउदै थियो !
“ल मोहन सर म तपाईलाई नै भेट्न आएको कस्तो न चिनेको …म .म सुन्दर …उही पत्रकार …सुन्दर मगर “- उ रवाफिलो भाषामा बोल्यो !
म अलमल्ल अक्कनबक्क भए ! “सुन्दर ति..तपाई ?”
“हो मोहन जी म सुन्दर ल मलाइ अझै चिन्नु भएन म अहिलेको शान्ति तथा पुनर्स्थापना मन्त्री “!!
म अचल जस्तै भए ! कुनै सपना देखे जस्तो भयो मलाइ ! त्यसबेलाको हकर जो म साथी बनिदिएकै कारण म पनि समाजमा साथी बन्न लायक रहेछु भन्ने सम्झंथियो ! जसलाई मैले तपाई भनेर सम्बोधन गर्दा धक मान्थ्यो आज बाह्र वर्ष पछी उही मान्छे मलाइ “मोहन जी ” भन्ने औकातको हुन्छ ! म मा आश्चर्य अनि अचम्मको भाव आउछ !
“थाहा छ मोहन जी म त्यस पछी काठमाडौँ आइन साथी हरु भूमिगत हुनथाले मलाइपनि अब राजतन्त्र र यो निरंकुशता को बिरोध र अन्त्य गर्न प्रति साथी हरुले हौसाए ! सम्झे त्यो काठमाडौँ को दुख दिनभरी को कराई अनि त्यो अस्तव्यस्त वातावरण त्यहा का धनि हरुको मोजमज्जा अनि गरिव हरुको पिडा यी सबै सम्झदा र केहि बुद्दिजीवी साथीहरुको कुरा सुन्दा यो क्रान्ति उचित लाग्यो त्यस पछी म पनि लागे त्यतै तिर !”
“म कमरेड आक्रोशको नामले क्रान्तिमा सक्रिय भए” – म मा अझ पिडा थपियो “कमरेड आक्रोश “
******************************************************************************
मेरो सरुवा रुकुम को सदरमुकाम मा हुने भयो ! त्यसबेला जनयुद्धको चरम उत्कर्ष थियो ! पुर्ब मेची देखि पश्चिम महाकाली पुग्न पनि कहिले त साता दिन भन्दा धेर लाग्थ्यो ! देश भरि क्रान्ति को मोर्चा बोक्ने र देशलाई राजतन्त्र मुक्त पर्ने नाराका साथ राज्य संग धावा बोलिरहेका थिए ! प्रत्येक दिन जसो भिडन्त भै रहन्थ्यो ! साधारण जनताले समेत सास्ती खेप्नु परेको थियो ! देशमा केहि राजनेता हरु बिद्रोही संग बार्ता गरेर त्यो रक्तपात लाइ साम्य पार्न चाहन्थे भने कोहि युद्ध चर्काएर देशलाई अझ बिकराल बनाउन चाहन्थे ! जताततै धम्कि र त्रास को वातावरण थियो !त्यस माथि पनि मलाइ घर बाट जागिर छोड्ने धेरै दवाब आएको थियो तर म देश र जनताको सेवा गर्ने सिपाही को सपथ खाएको एउटा सपुत थिए ! मैले घरमा आमालाई सम्झाए बाबा लाइ मनाए अनि मेरी प्राण प्यारी लाइ पनि सम्झाए त्यस पछी म मेरो देश को लागि आफ्नो काममा खटिए !
म कमान्डर भएर खटिएको थिए डिउटीमा ! वातावरण एकदम त्रसिद थियो रातभरी आँखा झिमिक्क गर्न पाइदैन थियो साथी हरु कुनबेला के हुने हो कति खेर विद्रोहीको सिकारमा परिने हो भन्ने त्रासमा पातमाथी ज्यान राखेर नुनको सोझो गरिरेहेका हुन्थे ! वास्तवमा नै रक्तपातपूर्ण वातावरण थियो ! यो देशका लागि धेरै सपुत हरुले आफ्नो ज्यान बलिदान गरिसकेका थिए ! बिद्रोही हरु देशलाई तानाशाहा मुक्त पर्ने तिर उन्मुक थिए ! निरङ्कुश लादनेहरु भने बिरहरुको रगतमा होलि खेलिरहेका थिए ! यसरी नेपालि जनतालाई दुइ थरिका बनाएर एक आपसमा लडाउनमा नै व्यस्त थिए देशका राज नायक हरु ! मलाइ पनि घरि घरि यो देशको हालत देखेर विदेश पलायन हुँ कि जस्तो लाग्थ्यो ! घर परिवार अनि आफन्तको चिन्ता ले समेत सताउथ्यो ! फेरी यो देश र जनताका लागि भनेर लागेको एउटा देशभक्त सिपाही यी कुराबाट कसरी भाग्ने म मा तिक्तताको नमिठो भाव पैदा हुन्थ्यो ! अरु सिपाही साथि लाइ हेर्थे उनि हरुको अनुहार पढ्थे लाग्थ्यो पन्जाका नंग्रा र चपाउने दाँत निकालेका सिंह जस्ता !
घरवाट निस्किएर बस चढ्ने बेलामा सुबोध संग भेट भएको थियो भन्थ्यो- “छोड्दे यार जागिर बरु हिड हामि संग.. यो देश लाइ लोकतान्त्रिक पर्नु पर्छ ..यो तानाशाही जागिर के खान्छस !”
उ पढेलेखेको मान्छे भोलि नेता मन्त्रि होला उसको बिचार पनि एक किसिमले ठिकै होला तर उ र म लडेर फाइदा कसलाई ? आखिर उ मरे पनि म मरे पनि यो नेपालको सन्तति मर्ने हो !
मैले उसको कुरामा कुनै सहमति या बिमति केहि जनाइन ! मात्र मनमनै बोले -“ठिक छ सुबोध तेरो लक्ष्य पुराहोस कुनै निर्दोष नेपाली गोलीको शिकार नबनोस !” म सरासर बस चढेर हिडेकोथिए !
बेलुकीपख को समय थियो खाना खाएर डिउटीका लागि तयारीमा थियौ कोहि साथि हरु खाना खाइरहेका थिए ! एक्कासि गोली र बमको बर्षा भयो ब्यारेकमा ! आन्धधुन्ध कालो बादल मडारिएझैँ थियो वातावरण ! करिव बिस मिनेटमा सबै स्वाहा भयो !
“मार .मार ..नछोड..”-यस्तै आवाज को क्रन्धन घन्की रहेको थियो !
करिब तिन घण्टा पछी मेरो कानमा किरिङ मिरिङ आवाज आयो -” सर यो मरेको छैन जस्तो छ ..मरिदिउ ?”
“ए पख पख नमार को हो यो यसको बर्दी उतार”- चर्को आवाजमा अर्को स्वर कुर्लियो !
मलाइ असह्य पिडा भएको थियो मेरा अंग अंग हरु थिलथिलो भएका थिए बरु मेरो प्राण लिएको भएहुन्थ्यो जस्तो भएको थियो मलाइ !
“मोहन शर्मा भन्ने नाम छ कमरेड ..साला बाहुन रहेछ मरिदिउ ?”-फेरी त्यो आवाज कुर्लियो !
“पख पख ..मोहन शर्मा ..”- त्यो आवाज मलाइ कता कता सुने जस्तो लग्यो तर ठम्याउन सकिन !
“ए केटा हो यसलाई केहि नगर ..लैजा शिविरमा उपचार गर यो काम लाग्ने मान्छे हो लैजा ..सुन यो मर्नु हुदैन “-त्यो आवाज अलिक मलिन भएर बोल्यो !
“हुन्छ कमरेड आक्रोश यो मर्दैन ..ए केटा हो हिड यसलाई बोक”- एउटा बेहोशिको सुइ लगाएर मलाइ बोकेर उनि हरु हिडे !
करिब एक महिना सम्म मेरो आँखामा पट्टि लाएर मेरो रेखदेख र उपचार भयो ! त्यहाको बटालियन कमान्डर आक्रोश भन्ने मान्छे हो भन्ने मलाइ थाहा भयो ! उता घर तिर के भएको होला कस्तो अवस्थामा होलान मलाइ अतिनै पिडा भएको थियो !
एउटा ठिटो आवाज बोल्यो -” ए आर्मी तैले पिर नगर तेरो घरमा समाचार पुगिसक्यो ! न आत्ति कमरेड आक्रोश ले एक हप्ता अगाडिनै तेरो घरमा खवर पठाईसक्नु भो रे ..हेर तँ त लामो आयु लिएर आएको रहेछस तेरो ब्यारेकका कोहि बाचेनन धन्न त कमरेड आक्रोशले गर्दा बाचिस..अँ सुन भोलि राति हामि तलाई तेरो घर पुर्याइ दिन्छौ जागिर खाने या छोड्ने तेरो जिम्मा !” मलाइ अलिकति भए पनि आश जाग्यो !
भोलि पल्ट मलाइ दश जना जतिको समुहले मेरो घरमा पुर्याएर मेरो बुबाको जिम्मा लगाए ! घरमा फेरी एक पटक कोलाहाल भो ! मेरा एक महिना पछी खोलिएका आँखाले कसैलाई पनि राम्ररी ठम्याउन सकेन ! सबै चिज स्तब्ध र निस्तेज लाग्यो मलाइ त्यसबेला !
म अतितमा हराउन लागेको थिए !
“हेर्नुस न मोहनजी त्यसबेला मैले तपाईलाई सानो सहयोग बाहेक केहि गर्न सकिन ! फेरी वातावरण नै त्यस्तै थियो ! तर जे भो ठिक भो आज हामि स्वतन्त्र छौ यहिनै त हो नि लोकतन्त्र !”-उ हाँस्दै मेरो नजिक आयो र मलाइ धाप मार्यो !
“अब सब ठिक हुन्छ मोहन जी सब ठिक अनि तपाइको के छ अचेल जागिर त राम्रै होला ..ए साँच्ची कहाँ हो नि अचेल अब त पेन्सन हुने बेला पनि भो होला नि हैन ?”-उ फेरी बोल्यो !
“अँ सबै चलेकै छ मन्त्रि ज्यु हजुर हरुको कृपाले ..”- म मलिन भएर बोले !
“हा हा हा ..कहा हाम्रो कृपा नि मोहन जी सबै जनताको कृपा नि ..ल त मोहन जी केहि गर्नु पर्ने भए संझनु होला “- उ निक्कै शानका साथ हाँस्यो र अगाडी बढ्यो !
म उसलाई हेरीरहे मेरो मनमा उही प्रश्न घुमी रह्यो आखिर उ को हो उसको वास्तविक परिचय के ..कमरेड आक्रोश …शान्ति मन्त्रि ..हकर ..पत्रकार .. या सुन्दर !!!
(स्रोत : रचनाकारको ब्लगबाट सभार)