कविता : अनुभूति

~ढक बहादुर बस्नेत ‘आकाश’~Dhak Bahadur Basnet - Akaash

सबै चिज बाडेर खाने, देशको पैसा बिदेश नलाने !
ठगिखाने बसाहालाई लगाई दिने काम.
रिण खोज्ने गरिबलाई सस्तो दिने दाम,
शोषन र शोषितको भाव मेटाएर,
भोकै रुने नेपालीको आशु पुछाएर,

सबै चिज बाडेर खाने, देशको पैसा बिदेश नलाने !
लेक बेसि मोटर जाने बाटो बनाएर,
खोला-नदि सबै ठाउमा पुल हलाएर,
परस्परमा जनतालाई साम्य गराएर,
सन्सारमा नेपालीको नाम चलाएर,

सबै चिज बाडेर खाने, देशको पैसा बिदेश नलाने !
ठुला-ठुला महलमा स्कुल खुलाएर,
मागिखाने मगन्तेलाई पढन सिकाएर,
क्याम्पाभित्र चौरमा बालि लगाएर,
भुमीहीन किसानलाई खुशि तुल्यार,

सबै चिज बाडेर खाने, देशको पैसा बिदेश नलाने !
रुढिबादी साहित्यलाई बाहिर पठाएर,
जनताको साहित्यलाई राम्रो बढाएर,
युध्द शब्द निकाल्नेलाई राम्रो सम्झाएर,
अशान्तिलाई खतम गर्ने शान्ति फिजाएर,

सबै चिज बाडेर खाने, देशको पैसा बिदेश नलाने !
मेचिदेखि कालिसम्म शिछित तुलाएर,
साम्प्रदायिक चलन-चाजो जम्मै हुत्याएर,
आपसमा प्रेम गर्ने मन्त्र सिकाएर,
हाम्रो देश नेपालको हुमर्त बचाएर,

सबै चिज बाडेर खाने, देशको पैसा बिदेश नलाने !
घुस खाने घुस्याहाको गाला पडकाएर,
जन्ताको सामुन्नेमा मुद्दा चलाएर,
अन्यायका पोका जति जम्मै मिल्काएर,
समाजलाई दिने न्याय घुस नखाएर,

सबै चिज बाडेर खाने, देशको पैसा बिदेश नलाने !
जनबादि देशसग हात मिलाएर,
सामन्त र साम्राज्यलाई निर्मुल बनाएर,
एशियाको राम्रो तारो नेपाल गराएर,
स्वतन्त्र भै गाउने गित मादल बजाएर,
सबै चिज बाडेर खाने, देशको पैसा बिदेश नलाने !

July 28, 2007

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.