युद्ध कविता : सुन्दर बन्दुक

~काङमाङ नरेश राई~

सम्भोग, विछोड र वेदना छातीमा टाँसेर
प्रेमिका सम्झिरहने जवान सिपाहीँँ
युद्धमा उभिएको श्रीमान
उनको छायाँ तस्वीर सम्झेर
रोइरहेको हुनुपर्छ जोभान

प्रेम, बैंश र विछोड
युद्धका घट्नाहरू सम्झिँदा
यस्तो लागिरहेछ—
विश्व सुन्दरीभन्दा धेरै सुन्दर छन् बन्दुकहरू
तर धेरै कुरुप छन् युद्घहरू ।

– २४ फेब्रवरी २०११

(स्रोत : अरुणिमा साहित्यिक पत्रिका, वर्ष १२, अंक २, २०७३)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.