कविता : ७६ बसन्त

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

सम्भाबनाको पार्कमा
उभिएको बुढो सिमल
ध्यानास्थ नियाल्ने गर्छु ।
उसका अधिर खुट्टाहरु,
म जस्तै काँपिरहेछन् ।
कताकता,
त्यसको बोक्रीएको सौन्दर्यता
मलाई खबरदारी गर्न उभिए जस्तो ।
मेरो हातहरु अझै काँप्दैनन् भने ।
पलाएन मनोरथ र्फकिने छन् ।
आशा गर्छु,
मेरो गोडाहरु र्थथराउँदैनन् भने ।
मृगतृष्णा बोकेर अझै हिड्छु ।
बुढो सिमलले ।
एक हिस्सा जिबन बोकेको छ ।
मैले जस्तै आज त्यसले
स्वामीत्व पनी गुमाएको छ ।

त्यसको रसाएको आखाँ भित्र
साबधानी पुर्बक खोज्न थाल्छु ।
कतै त्यसका पनी,
मेरा जस्ता बासना हाराएकी ।
अस्थीर हाँगाहरुमा
एक हुल कौवा बिस्टाएर जान्छन् ।
म जस्तै लाचार
बुढो सिमल
बिना शर्त उभिईरहन्छ ।
सितको रातमा तंग्रीए जस्तो
भोली फेरी उस्तै देखीन्छ ।
उ फर्कीएर जिबन लाई हेर्छ ।
अगोचर हरियाली ओढनी हुन्छ ।
अप्रंसन्न स्थिती
उसको रित्तो टोड्का चिआउँछन् ।
म आखाँ चिम्लन्छु÷सोच्छु
त्यहीँ बाट उडेका जिबनहरु
प्रकृतीको पर्याय भए ।
तर,
दुबिधाग्रस्त बुढो सिमल
आज शिर नुहाएर उभीएको छ ।
परेवा÷भँगेरा र मलेवाहरु
छेल्लीएर उड्छन् ।
तैपनी,
रिक्तो टोड्का को भरोसा देख्दैनन् ।
जहाँ बाट उसले
कयौं जिबन जन्माएको थियो ।

कठिनले उभिएको बुढो सिमल
सान्त्वनाको हात दिन्छ ।
मकिएको बुढेसकालमा,
उसले गाएको शोकगित
संभाबनाको पार्कमा फैलिएको छ ।
आफ्नै जिबन बाट निर्बासित भएर
रहरको म्यानमा थन्कीएको छु ।
मात्र अब,
मेरो उत्कटता
तिमी संगै मित्रता गाँस्ने ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.