~पीताम्बर भट्टराई~
बाबा
आज मुख हेर्ने दिन,
मैले मेरो बाबालाई सम्झेकी छु
मेरो बाबा जीवित भए आज
केही स्याउका दानाहरु
लड्डु र बरफीका डल्लाहरु
दिएर मुख हेर्थें होला
आर्शिवादका शब्दहरु पिएर
रमाउँदै रमाउँदै फर्कन्थें होला
अवशोच,
बाबा तपाई, मृत्युवरण गरिसक्नु भाको छ
न त मुख हेर्न पाएकी छु
न त स्याउ र लड्डु खुवाएकी छु
केवल मुटुभरी सम्झना बोकेकी छु
बाबा मलाई सम्झना छ
तपाईका ती भावनाहरु
देश र जनताप्रतिका प्रेमका तरंगहरु
तपाईको संवेदनशीलता
ती चाउरिएका गालाहरुप्रतिको
रोग र भोकले सताइएका, झुपडीहरु प्रतिको
बाबा तपाईको चाहना
शोषित र पीडित मान्छेहरुसँग
हातेमालो गरेर, मुक्ति बाहक बन्ने
तपाईको दृढ विश्वासले
बाबा तपाईलाई
क्रान्तिको बाटो हिंडायो
विद्रोहको गोरेटो बतायो
बाबा तपाईको विश्वासदेखि तर्सेर
प्रतिक्रियावादी भरौटेहरुले
बीचबाटो मै तपाईलाई
शहीद बनाए
बाबा तपाईको मुख हेर्न सकेकी छैन
तर तपाईका भावनाहरुप्रति
सच्चा सुमन टक्राउँदै
तपाईकै बाटो रोजकी छु
शहीद दिवसको दिन
क्रान्तिकारी मुी उठाएर
बन्दुक पड्काएर, श्रद्धाञ्जली अर्पण गर्न
अठोट गरिसकेकी छु
खाँचीकोट–५, अर्घाखाँची
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक २९ – २०६८ जेष्ठ २५ गते, बुधबार)