गीत : जवानी सिउरेको चुल्ठोको त्यो बेणी

~भेषराज रिजाल~

जवानी सिउरेको चुल्ठोको त्यो बेणी
नदी भै चुम्यो यो मनको त्रिवेणी

बगुँ कि म पनि छोई सुस्तसुस्त
लुकाउँ छातीमा कि लुकुँ त्यसैभित्र
सधैँ बग यो मुटुमा भई नारायणी
चुमी रहु जीवनका खुसीका त्रिवेणी ।

लच्काउँदा कम्मर सर्‌क्यो नागबेली
मग्मगायो मुस्कानमा बेली र चमेली
तिम्रो सुवास लिई फुलेँछु म पनि
सिउरेर चुल्ठोमै राख जुनी जुनी ।

जवानी सिउरेको चुल्ठोको त्यो बेणी
नदी भै चुम्यो यो मनको त्रिवेणी ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.