~दीपक कुमार ज्ञवाली~
तिमी लजाऊँने कि म लजाऊँने यो परिवेशमा ।
आएकै हो त समय हामी टाढीने यो देशमा ।
कायम रहन सकेन सौहाद्रता हामी नेपालीहरुमा ।
मेटीदोरहेनछ विभेद द्वेश ईर्ष्या लोकतन्त्र आउँदैमा ।
१
तिमी लजाउँने कि म लजाऊँने यो परिवेशमा ।
जात जातको ,भात भातको ,लडाई गराउँदैमा ।
भूगोललाई चिरेर अशंवण्डा लगाउँदा लगाऊँदैमा ।
दृप्तहुँदोरहेनछ आत्मा नेपाली नेपाली लडाऊँदैमा ।
२
तिमी लजाउँने कि म लजाऊँने यो परिवेशमा ।
कसले लगायो पर्खाल शालीन नेपाली नेपालीमा ।
अझै बुर्जा ठड्याउने रे हिमाल पहाड मधेशमा ।
निस्तेज गरियो धर्तिपुत्रको देशभक्तीको भावना ।
३
तिमी लजाउँने कि म लजाऊँने यो परिवेशमा ।
अल्पमतमा हो नेपाली, नेपाली आफ्नो देशमा ?
अकर्मण्यताले पाउँदै आएको प्रश्रय नबोल्दामा ।
सिञ्चित गरेकै हुन पुर्खाले देश जोगाउन रगतले ।
४
तिमी लजाउँने कि म लजाऊँने यो परिवेशमा ।
लोकतन्त्रको क्लीस्ट शीष्ट सुन्दर शब्द अपभ्रंसमा ।
विधि प्रधान कि प्रधान ब्यक्तिको बैयक्तिक शासन ।
बिधिभन्दामाथी बस्न चाहने शासक, शासक समान ।
५
तिमी लजाउँने कि म लजाऊँने यो परिवेशमा ।
गर्छौ गाली भन्दै हिजोका थिए साह्रै भ्रष्ट खराब ।
समयक्रम खण्डमा शासनको समय रह्यो समान ।
आजका पुस्ताहरुलाई तिमीहरु भयौ भ्रष्ट खराब ।
६
तिमी लजाउँने कि म लजाऊँने यो परिवेशमा ।
छेक्दैन छेक्दैन अकर्ममण्यता लोकतन्त्रको पर्दाले ।
दुरी झन् कायम हुँदाखाने र हुनेखानेमा दरीलो ।
लोकतन्त्रको आवरणले छेक्दैन छेक्दैन ति दुष्कर्म ।
७
तिमी लजाउँने कि म लजाऊँने यो परिवेशमा ।
आऊ लगाऊँ कसी जनता नेता, नेता जनतामा ।
तिमी बाइस कि चौबिस क्यारेटको देश भक्तिमा ?
खोज्ने आजिवन भत्ता राजनीतिबाट निबृत्त हँदानि ।
बन्ने लोकसेवा पासगरी भर्तिभएका कर्मचारीजस्ता ?
८
तिमी लजाउँने कि म लजाऊँने यो परिवेशमा ।
लुट्ने र खाने वहानामा दिन्छन् नमूना विदेशको ।
देशबिकास सुशासनमा लिदैनन् उदाहरण त्यो ।
आवद्ध राजनीति ठेक्कापट्टा एनजिओ ब्यापारमा ।
बैंकदेखि सहकारीे बित्तीयक्षेत्रमा रजगजतिनैको ।
बनाउछन् नियम ऐन कानुन आ—आफ्नै स्वार्थमा ।
कस्तो बहु —प्रतिभावान नेताहरुछन् हाम्रो नेपालमा ।
तिमी लजाउँने कि म लजाऊँने यो परिवेशमा ।
९
दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )