कविता : सियो

~बिमल गुरुङ~bimal-gurung

मलाई थाहा भयो
मान्छेहरु अझ निन्द्राको जङ्गलबाट
उम्केर खुल्ला चौरमा पुगिसकेका छैनन्
त्यो खुल्ला चौर
जहाँबाट आफूलाई हेरिन्छ
जहाँबाट अरुलाई हेरिन्छ
जहाँबाट सारा संसार देखिन्छ ।

तर, जति जागेका छौं हामी
हामी अब फेरि कहिल्यै सुत्दैनौं
हामी
जोड जोडले ढुँगा हान्छौं छानामा
निन्द्रा बिगारिदिन्छौं
निन्द्रा बिच्काइदिन्छौं ।

हामीलाई थाहा छ
खोर्सानी कहाँ उम्रीन्छ
हामीलाई थाहा छ
करेण्ट कहाँ बग्छ
हामीलाई थाहा छ
असारेको काँडा कुन दिशामा जवान भएको छ ।

ए खोर्सानीका बोटहरु !
तिमीहरु तरल भएर निन्द्रामग्न मान्छेका कानहरुबाट पस
ए करेण्टहरु !
तिमीहरु नजागेका मान्छेका छालाहरुलाई छ्वास्स
स्पर्श गर
ए सियोहरु !
तिमीहरु सुतेका मान्छेका ढकनीलाई चुम
ए असारेका काँडाहरु !
तिमीहरु पनि मायाँ गर
निदाएका मान्छेका आँखाका ढकनीहरुलाई
हामीलाई थाहा छ
असारेको काँडा कुन दिशामा जवान भएको छ ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.