कविता : वान्छित सल्यक्रिया

~कुन्दन काफ्ले~

प्रणली कमसल हुन्न कुनै पनि केही गरी,
अंगको खराबी हो, पीर्छ जसले घरी–घरी,
आँटेरै फाल्नु बेस उखलेर त्यसको जरी,
नत्र लाग्ला क्यान्सर है, रह्यो भने कसैगरी ।

पाँचै औंला एकैनास छैन हातमा तर,
यौटा औंलो भएपनि बाँच्छ जीव बराबर,
मरेर राजा कहिल्यै, मर्दैन राज्य हो घर,
यौटाको विर्ताले सृष्टि थेगिएको कहाँ छ र ∕

संक्रमित भए मुलुक, पलाउँछ है ट्यूमर,
सल्यक्रिया मात्र एउटा, बाटो सहज सदर,
पद्दति र विधीमा हिंड्ने, सज्जनको उँचो शीर,
झुक्तैन प्रतिकूल व्यवस्थाका अघिल्तिर ।

००

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.