~सञ्जय संयोग~
१.
जन्मभूमि हो यो मेरो
वीर पाखुराले रचेको
जन्मभूमि हो यो मेरो
शहीदको रगतले सिंचेको
२.
शहीदहरुको यो बलिदान
खेर नजाओस् बगेर
रोकौं नेपाली यसलाई हामी
सिमानामा बााध बनेर
३.
शहीदहरुको आत्माले
उठ भन्दछ नेपाली हो
तिम्रोलागि म सुती गए
नसुत भाइ नेपाली हो
४.
जन्मभूमि हो यो मेरो
बुद्ध यहाा जन्मेको
जन्मभूमि हो यो मेरो
वीर गोर्खाली रहेको
५.
जन्मभूमिप्रतिको कर्तव्य
पूरा गर साथीभाइ हो
शहीदहरुको मान राख्न
गर देशको रक्षा नेपाली हो ।
– सञ्जय संयोग, झौंवागुठी, पर्सा
(स्रोत : प्रतीक दैनिक पत्रिका)