कविता : सपना

~उदय निरौला~

अलि ! अघि एउटा
मीठो सपना उठेको थियो
सपना थियो आखिर
बाटो नभेटेरै थान्को लागेछ ।

कल्पनाको लहरो चढ्दै थियो उकालो
कल्पना थियो आखिर
थाँक्रो नपाएरै
तलतिरै झरेछ ।

कर्मका रेखाहरु कोरिँदै/मेटिँदै
मेटिँदै/कोरिँदै
किरमिर-किरमिर-छायाँजस्तो
कहिले सरल बनेर
कहिले बक्री बनेर
कोरिँदै/मेटिदै
थियो आखिर
कोरिनु र मेटिनुको स्लेट ।

धाँजा फाटेको-योजना
फाटिन्छ-परिवर्तन खाडल
खाडल जति गहिरिन्छ
सतह पनि उतिनै फैलिन्छ
जति सतह फैलिन्छ
उति खाडल डरलाग्दो काल/महाकाल बन्छ
द्वन्द्व बन्छ
र बारुद बन्छ खाडल ।

मेटिनु त खाडलले पर्छ
तर मेटिन्छ योजनाको रेखा
सपना थियो त्यो योजना
सपनाको बगैँचामा यस्तै हुन्छ
सपनामा भेटिएको
सपनामै मेटिन्छ ।

(स्रोत : मधुपर्क २०६५ फागुन)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.